२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ४ सय नाघ्यो



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका २६ सहित सङ्क्रमितको सङ्ख्या एक हजार ४३३ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १२, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक र जुम्लामा रहेका काठमाण्डौँ र सुर्खेतका एकरएक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म प्रदेशका सबै जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दैलेखमा ७६०, सुर्खेतमा ३४०, सल्यानमा १७७, कालिकोटमा ४७, जुम्लामा ३०, जाजरकोटमा १३, हुम्लामा दुई जना, मुगुमा तीन, डोल्पा र रुकुमपश्चिममा एकरएक जना कोरोना सङ्क्रमित रहेका छन् । अन्य प्रदेशका विभिन्न जिल्लाका ५९ जना रहेका छन् ।

यस्तै, शुक्रबार २८ जना कोरोना सङ्क्रमणमुक्त भएर घर गएका छन् । दैलेख अस्पताल र नारायण क्याम्पसमा रहेको आइसोलेसन सेन्टरबाट नौ जना, सुर्खेतमा रहेका विभिन्न आइसोलेसनबाट १८ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा कोरोनामुक्त भएर घर जानेको सङ्ख्या ७२० पुगेको छ । कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भएको छ ।