१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल

कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल
अ अ+ अ-

भोजपुर। आन्तरिक राजस्व विभागका निर्देशक वासुदेव पौडेलले करदाता सेवाग्राहीले करसँग डराउनु नपर्ने बताउनुभएको छ । करसम्बन्धी प्रचलित नियम कानुन र बुझ्नुपर्ने कुरा बुझिएमा केही समस्या नहुने उहाँले उल्लेख गर्नुभयो ।

आन्तरिक राजस्व विभाग र करदाता सेवा कार्यालय भोजपुरले आज जिल्ला सदरमुकाममा आयोजना गरेको कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा निर्देशक पौडेलले चाहिँदामात्र व्यवसाय दर्ता गर्न आग्रह गर्दै अनावश्यक भएका व्यवसाय समयमा निवेदन दिएर बन्द गर्न सकिएमा अनावश्यक करबाट जोगिन सकिने बताउनुभयो ।

राज्यले जिल्ला जिल्लामा करदाता सेवा कार्यालय खोलेको उल्लेख गर्दै निर्देशक पौडेलले भन्नुभयो, “तोकिएको समयमा कर विवरण बुझाउँदै समयमा व्यवसायीहरुले कर दाखिला गर्नुपर्छ ।”

निर्देशक पौडेलले करदाताको सुझावलाई गम्भीरतापूर्वक लिइने र आगामी दिनमा कर प्रशासनलाई अझ जनमैत्री बनाउन पहल गरिने बताउनुभयो ।

उद्योग वणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले करसेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । करदाताले सेवा प्रक्रियामा पारदर्शिता, सहजता र आधुनिक प्रविधिको प्रयोग बढाउन तथा कर व्यवसायी मैत्री हुनुपर्नेमा अध्यक्ष मोक्तानको जोड थियो । उहाँले सबैले करसम्बन्धी प्रचलित नियम, कानुन बुझ्नुपर्ने पनि धारणा राख्नुभयो ।

उद्योग वाणिज्य सङ्घको समन्वयमा आयोजित कार्यक्रममा करदाता सेवा कार्यालय भोजपुरले गरेका कार्यका बारेमा सेवा कार्यालयका प्रमुख शशि शाहले सहभागीलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा आर्थिक विधेयक २०८२ले ल्याएको छुट तथा सहुलियतबारे  आन्तरिक राजस्व विभागको जानकारी दिएको थियो । कार्यक्रममा सहभागी करदाताले कर प्रशासनसँग जोडिएका विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो । रासस