२ श्रावण २०८२, शुक्रबार
,
Latest
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्चमा जापानमा चामलको मूल्य दोब्बर, प्रधानमन्त्रीमाथि दबाब आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च पुग्यो अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै आ.व. २०८१—०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनाः २ हजार ५ सय… भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन जारी, तीन ‘सिफ्ट’मा काम, आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा… सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब बैंगलोर भागदौडः कर्नाटक सरकारले आरसीबीलाई दोष दियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल



अ+ अ-

भोजपुर। आन्तरिक राजस्व विभागका निर्देशक वासुदेव पौडेलले करदाता सेवाग्राहीले करसँग डराउनु नपर्ने बताउनुभएको छ । करसम्बन्धी प्रचलित नियम कानुन र बुझ्नुपर्ने कुरा बुझिएमा केही समस्या नहुने उहाँले उल्लेख गर्नुभयो ।

आन्तरिक राजस्व विभाग र करदाता सेवा कार्यालय भोजपुरले आज जिल्ला सदरमुकाममा आयोजना गरेको कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा निर्देशक पौडेलले चाहिँदामात्र व्यवसाय दर्ता गर्न आग्रह गर्दै अनावश्यक भएका व्यवसाय समयमा निवेदन दिएर बन्द गर्न सकिएमा अनावश्यक करबाट जोगिन सकिने बताउनुभयो ।

राज्यले जिल्ला जिल्लामा करदाता सेवा कार्यालय खोलेको उल्लेख गर्दै निर्देशक पौडेलले भन्नुभयो, “तोकिएको समयमा कर विवरण बुझाउँदै समयमा व्यवसायीहरुले कर दाखिला गर्नुपर्छ ।”

निर्देशक पौडेलले करदाताको सुझावलाई गम्भीरतापूर्वक लिइने र आगामी दिनमा कर प्रशासनलाई अझ जनमैत्री बनाउन पहल गरिने बताउनुभयो ।

उद्योग वणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले करसेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । करदाताले सेवा प्रक्रियामा पारदर्शिता, सहजता र आधुनिक प्रविधिको प्रयोग बढाउन तथा कर व्यवसायी मैत्री हुनुपर्नेमा अध्यक्ष मोक्तानको जोड थियो । उहाँले सबैले करसम्बन्धी प्रचलित नियम, कानुन बुझ्नुपर्ने पनि धारणा राख्नुभयो ।

उद्योग वाणिज्य सङ्घको समन्वयमा आयोजित कार्यक्रममा करदाता सेवा कार्यालय भोजपुरले गरेका कार्यका बारेमा सेवा कार्यालयका प्रमुख शशि शाहले सहभागीलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा आर्थिक विधेयक २०८२ले ल्याएको छुट तथा सहुलियतबारे  आन्तरिक राजस्व विभागको जानकारी दिएको थियो । कार्यक्रममा सहभागी करदाताले कर प्रशासनसँग जोडिएका विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो । रासस