२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम घटनाविरुद्ध राजधनीको बानेश्वरमा सडक बहस, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौं । ६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध आज बानेश्वर सडक बहस भएको छ । 

रुकुममा भएको जातिय हत्या र विभेद विरुद्ध सडक बहस कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो । बहसमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहोनीले झण्डै ५० लाख जनसंख्या भएको दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण घटना घटेको बताउनुभयो । जनजाति आन्दोलन मधेश आन्दोलन भएपनि दलित आन्दोलन नभएकै कारण रुकुम घटनाको विषयमा आवाजहरु उठ्न नसकेको बताउनुभयो । जातिय विभेदको घटनाहरु बढिरहको उल्लेख गर्दै उहाँले राजनीतिक आन्दोलन देशमा भएपनि सामाजिक आन्दोलन नहुँदा सभ्य समाजको निर्माण हुन नसकेको बताउनुभयो । जातियताकै कारण बेला बेला हुने घटनाले देशलाई कलंकित बनाएको उहाँको भनाई छ ।

नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले दलित उत्पिडनको एजेण्डा अगाडी बढाएर आन्दोलन नहुँदासम्म विभेद अन्त्य गर्न नसकिने बताउनुभयो । अब पनि सामाजिक आन्दोलन मार्फत दलित उत्पिडन मुद्धा स्थापित गराउन नसकिए घटनाहरु घटिरहने बताउनुभयो ।

पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाका अभियुक्तहरुलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । घटनामा संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुमकोटले बुधबार आदेश दिएको हो ।