३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री ज्ञवालीको शंकास्पद भूमिकाले प्रधानमन्त्री अप्ठेरोमा



अ+ अ-

काठमाडौँ । नेकपा स्थायी समितिको बैठकको दोस्रो दिन प्रधानमन्त्रीपछि सबैभन्दा बढी आलोचना परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भयो । उनले पछिल्लो समयमा नेपालको कूटनीतिक क्षेत्रको साख राख्नु त कता हो कता साख गिराएको भन्दै उनको व्यापक आलोचना भएको हो । एमसीसीका बारेमा परराष्ट्रमन्त्री ज्ञवालीको भूमिका संकास्पद रहेको स्थायी समिति सदस्यहरुले बताएका थिए । उनीहरुले मन्त्री ज्ञवालीले यता एमसीसीकै विषयमा टुंगो लगाउने मुख्य एजेण्डा राखेर स्थायी समितिको बैठक सुरु गरेकै दिन किन अमेरिकी विदेशमन्त्रीसँग कुरा गरेको भनेर प्रश्न उठाएका थिए । 

यसलाई स्थायी समिति सदस्य भीम रावलले त अमेरिकी हस्तक्षेत्र सम्म भन्न भ्याए । उनले आजै किन अमेरिकासँग कुरा गरेको हाम्रा मन्त्रीले ? के यो बैठकलाई प्रभावित पार्ने र हस्तक्षेप गारउने मेलोमेसो बाहेक अरु के हुनसक्छ ? शुक्रबारको बैठकमा नेताहरुबीच यसै विषयमा औपचारिक र अनौपचारिक मात्रामा नै धेरै छलफलहरु भएका थिए । खासगरी विवादित बनेको एमसीसीका बारेमा नेताहरुले अझ बढी चासो राखेका थिए । बुधबार मात्रै परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग फोनवार्ता गरेका थिए । त्यस कुराकानीबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग उनीहरुले भएको के हो भनेर जवाफ खोजेका थिए ।

परराष्ट्रमन्त्रीज्यूले अमेरिकी विदेशमन्त्रीसँग के कुरा गर्नुभयो रु नेकपाको बैठक बसिरहेका बेला सकारात्मक कुरा गर्नुपर्नेमा किन हस्तक्षेप भयो ? आजै बैठककै दिन पारेर उहाँले फोन गरेर के सन्देश दिन खोज्नुभएको हो ? यस्तै प्रश्नहरु उनीमाथि तेर्सिए । नेताहरुको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले उताबाट नै फलो गरेकाले संवाद गरेको जवाफ दिएका थिए । जबकि परराष्ट्रमन्त्रालयका अधिकारीहरुले यता नेपालबाट नै फोन भएको बताएका छन् । ‘गएको हप्ता दिनदेखिको फलोअपपछि बुधबारका लागि अमेरिकी विदेशमन्त्रीसँग कुराकानीको समय मिलेको’ परराष्ट्रका एकजना उच्च अधिकारीले बताए । उनकाअनुसार परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा संसदको बैठक चलिरहेको र एमसीसी यसै बैठकबाट पारित हुने भन्दै फोनमा कुराकानी गर्न चाहेको भनी समय मागेका थिए । 

नेताहरुले बैठक बस्ने दिनमै अमेरिकी विदेशमन्त्रीसँग कुरा हुनुलाई हस्तक्षेपका रूपमा बुझेको बताएका थिए । तर मन्त्री ज्ञवालीले भने कोरोनाका विषयमा मात्र कुराकानी भएको र अन्यथा नलिन आग्रह ग।ेका थिए । तर यसलाई सदस्यहरुले भने मन्त्रीको यस्तो टालटुले जवाफले हुँदैन भनेर पुनः प्रश्न गरेका थिए ।  

त्यसक्रममा नेताहरुले अमेरिकासँगको स्टेट पर्टनरसिप एग्रिमेन्ट खै ? गरेको हो भने यहाँ तुरुन्त चाहियो भन्दै प्रश्न गरेपछि मन्त्री ज्ञवालीले त्यस्तो सम्झौता नै नभएको भन्ने जवाफ दिएका थिए । ‘त्यस्तो कुनै सम्झौता भएको छैन । त्यो सामान्य हो, त्यसमा कार्यदल बनेको छ, त्यसले अध्ययन गर्दैछ– मन्त्री ज्ञवालीले भने । तर नेताहरुले ‘त्यसरी हुँदैन, त्यो सम्झौता तुरुन्त चाहियो’ भन्ने अडान दोहोर्याएका थिए ।

स्थायी समिति भिम रावलसहित केही नेताहरुले त परराष्ट्रमन्त्री ज्ञवालीले यसअघि पनि उनी अमेरिका पुगेर इन्डो प्यासिफिक रणनीतिमा हस्ताक्षर गरेर आएको र जसका कारण देशलाई ठूलो गुमराहमा पारेको बताएपछि आफूले त्यसो नगरेको भन्दै पटक पटक जवाफ दिएका थिए । केहीले त कूटनीतिको क पनि नबुझेकालाई परराष्ट्रमन्त्री बनाएर नेपालको कूटनीतिक सम्बन्धको साख गिरेको समेत भनेका थिए । शान्त र सालिन हुनुपर्ने कूटनीतिज्ञ विपक्षीहरुप्रति ‘गिद्ध र सिनोखाने जात’ भन्ने जस्तो विवादास्पद, रुखो र छुद्र बोल्ने गरेकाले सरकारलाई मात्र नभएर पार्टीलाई नै समस्या पर्ने गरेको आरोप उनीहरुले लगाएका थिए । तर यी आरोपहरु निरन्तर आइरहँदा ज्ञवाली भने रातो मुख लगाएर मात्र बसेका थिए । 

त्यस समय अमेरिकाको सैन्य रणनीति समेत रहेको इन्डो प्यासिफिक रणनाीतिमा हस्ताक्षर गरेर आएको तथा अहिले आएर एमसीसी पारित गराउन मरेर लागेको भन्दै उनको व्यापक आलोचना भएको थियो । त्यस्तै मुलुकको परराष्ट्रमन्त्रीको जिम्मेवारीमा बसेपछि भारतसँग वार्ताको वातावरण बनाउन आफूले पनि सक्नुपर्नेमा भारतले समय नै दिएन भनेर मात्र बस्दा उनको मात्र नभएर देशकै कूटनीतिक असफलता उत्पन्न भएको उनीहरुले बताए । 

उनले बजेटमा एमसीसी घुसाउन अर्थमन्त्रीलाई सघाए तर पनि उता आफू मन्त्री भएको दुई वर्ष बितिसक्दा पनि चीनसँगको महत्वपूर्ण मानिएको बिआरआइ आयोजनाको यीनले पूरै रुपमा उपेक्षा गरेका छन् । जसका कारण नेकपाको र त्यो पनि स्पष्ट बहुमतको सरकार भएका बेला पनि दुई दुई वर्षसम्म बिआरआई आयोजनाका विषयमा केही काम नै नहुनुले चीनले नेपाल, नेपाल सरकार र कम्युनिष्ट पार्टीप्रतिको सहयोग र सद्भावमा समेत आँच आउनसक्ने खतरा बढाएको छ । यसो हुुनुमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले चीनलाई उपेक्षा गरेर एमसीसीलाई मात्र ठूलो प्राथमिकतामा राखेर हो भन्ने निष्कर्ष पनि पार्टीका नेताहरुले निकालेका छन् । 

नेपालले एकतर्फी रुपमा नक्सा त जारी गर्यो तर पनि भारतले वार्तामा बस्न मानेको छैन । कहिले चीनतर्फबाट पनि नेपालको सीमा मिचिएको जस्तो नभएको कुराको प्रचार हुने गर्दछ । कूटनीतिक रुपमा असक्षम व्यक्ति परराष्ट्रमन्त्री भएपछि देशको उत्तर दक्षिण सम्बन्धलाई पनि सन्तुलित र सौहार्द बनाउन नसकेको आरोप पनि उनीमाथि नै हुनु स्वाभाविक हो । उनका यी सबै क्रियाकलापरुले गर्दा सरकारलाइ मात्र नभएर सिंगो देश र नेकपालाई नै अप्ठेरो परेको देखिएको हिजोको स्थायी समिति बैठकको ठहर थियो ।




भर्खरै