५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो नेपालगन्ज फोटो फेस्टिभल जारी (फोटो फिचरसहित)



अ+ अ-

नेपालगन्ज । अन्तरालको आयोजनामा भएको नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल जारी छ ।

फोटो फेस्टिभलको नेपाली काँग्रेसका सहमहामन्त्री किशोर राठौरले उद्घाटन गरे ।

नेपालगन्ज फोटो फेस्टिभलमा फोटो प्रतियोगिताको नौ विधामा २ हजार १ सयभन्दा बढी फोटो मध्ये उत्कृष्ट १ सय ११ वटा फोटो राखिएका छन् ।

प्रतियोगितामा डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेटर, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर, वाईल्ड लाइफ र न्युज विधामा फोटो प्रतियोगिता भएको थियो ।

अर्याल धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अधि रुँदै गरेकी महिलाको तस्बिर वर्ष तस्बिर भएको छ । यस्तै एग्रीकल्चर विधामा बबी साई, कल्चर विधामा सञ्जय महर्जन, डेली लाइफ विधामा विजय थापा, टुरिजम, नेचर एन्ड कन्जरभेटर विधामा रेमिन थारु, स्र्पोट्स विधामा तिलक महामगर, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम बिधाामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर उत्कृष्ट भएका छन् ।

यस वर्षबाट पिपुल च्वाईस अवाई समेत सुरु भएको छ । ईसेवासगको सहकार्यमा भएको यस विधामा आम मानिसले आफूलाई मन परेको फोटोलाई भोट दिन सक्नेछन् । यसको लागि असार ५ गतेसम्म भोटिङ गर्न सकिने छ ।

प्रत्येक विधाको उत्कृष्ट फोटोलाई ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट (वर्ष तस्बिर) फोटोलाई ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिइने भएको छ । पिपुल च्वाईस अवार्डमा छानिएको उत्कृष्ट फोटोलाई ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिइने छ ।