३० असार २०८२, सोमबार
,
Latest
जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैनः मन्त्री अधिकारी पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन थापा प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छः एमाले टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेनः अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई गगनको आग्रहः तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस् स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छः प्रधानमन्त्री ओली समयमै काम नसक्ने निर्माण कम्पनी तथा ठेकेदारहरूमाथि कारबाही प्रक्रिया तिब्र पारेका छौंः मन्त्री दाहाल नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गरौँः मन्त्री गुरुङ सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासनका लागि स्थायी सरकार आवश्यक छ-रामहरि खतिवडा



अ+ अ-

ललितपुर। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका लागि स्थायी सरकार आवश्यक रहेको बताउनुभएको छ ।

अल्टरनेटिभ फाउन्डेशनको आयोजनामा आज यहाँ आयोजित ‘सुशासनको राष्ट्रिय सूचक निर्माणका लागि राष्ट्रिय परामर्श गोष्ठी’मा सभापति खतिवडाले वर्तमान शासन व्यवस्था र राज्यको पद्धति बलियो, पारदर्शी र भरपर्दो बनाउन सके सुशासन कायम हुनसक्ने बताउनुभयो । “स्थायी सरकार नबन्नु समस्या हो, सुशासनका लागि स्थायी सरकार आवश्यक छ, शासन राम्रो हुनु नै सुशासन हो,”, उहाँले भन्नुभयो ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बाँस्तोलाले सुशासनको सन्दर्भमा राजनीतिक दलहरूले मात्रै नभइ आम नेपाली नागरिकलेसमेत आफ्नो जिम्मेवारी र जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन समितिका सदस्य मोहिनी ढकालले सुशासन प्रवर्द्धनमा राजनीतिक दलहरुको दृढ सङ्कल्प आवश्यक रहेको बताउनुभयो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले राजनीतिलाई जनताको सेवा गर्ने माध्यम बनाउँदै राजनीतिको शुद्धीकरण गरेर सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

फाउन्डेशनका अध्यक्ष प्रकाश विकल्पले नेपालमा सुशासनको क्षेत्रमा देखिएका कमजोरीलाई सुधार गर्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि भूमिका निर्वाह गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । रासस