९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौँ आएकी निज खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो १५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस् पदार्थसहित पक्राउ परेकी हुन् ।”

प्रहरीले प्लास्टिकले र्याल गरेको तीन वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस् पदार्थ फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरे बताउनुभयो । रासस