१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन : प्रवक्ता डा महत



अ+ अ-

म्याग्दी। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउन ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रवक्ता महतले सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया तत्काल थालनी हुनुपर्नेमा जोड दिनुभयो ।

एक वर्षअघि नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्दा दुई दलबीच भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधनको काम अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

“सहमति बमोजिम काम नहुँदा कांग्रेस र एमाले सत्ताका लागि एक ठाउँमा आए भन्ने सन्देश जनतामा गएको छ,” उहाँले भन्नुभयो “कांग्रेस र एमालेको सरकार गठन गर्नुको औचित्य पुष्टि गर्नका लागि पनि सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिलाइ गर्नुहुदैन् ।” सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा केही सुधार गर्ने कोसिस भए पनि अझै ठोस् र स्पष्ट रूपमा आउन नसकेको प्रवक्ता डा महतको भनाइ थियो ।

पार्टीको नीति र सिद्धान्त उत्कृष्ट भए पनि व्यक्तिवादी चरित्र हाबी हुँदा केन्द्रदेखि टोलसम्म सङ्गठन कमजोर बनेको उहाँले बताउनुभयो । क्रियाशील सदस्यतालगायतका काम बाँकी रहेकाले कांग्रेसको महाधिवेशन आउने मङ्सिरमा सम्भव नहुने नेता डा महतले बताउनुभयो । कर्मचारीलाई मुद्दा लाग्दैमा भिजिट भिसा मुद्दामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आवश्यक नरहेको उहाँले बताउनुभयो । रासस