१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

नेपाल शान्ति परिषद्को निमन्त्रणामा २७ सदस्यीय भारतीय टोली काठमाडौँमा

नेपाल शान्ति परिषद्को निमन्त्रणामा २७ सदस्यीय भारतीय टोली काठमाडौँमा
अ अ+ अ-

काठमाडौँ। नेपाल शान्ति तथा एक्यबद्धता परिषद्को निमन्त्रणामा भारतको ‘इण्डियन सोसाइटी फर कल्चर एन्ड फ्रेन्डसिप’ (भारतीय संस्कृति तथा मित्रता समाज) अन्तर्गतको २७ सदस्यीय प्रतिनिधिमण्डल नेपालको भ्रमणमा आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल शान्ति तथा एक्यबद्धता परिषद्का उपाध्यक्ष रविन्द्र अधिकारी, परिषद्का सल्लाहकार एवं  संविधानसभा सदस्य कल्पना चापागाईं तथा अन्य पदाधिकारीहरूले प्रतिनिधिमण्डललाई औपचारिक रूपमा स्वागत गरेका थिए।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नेपालको राजनीतिक, सामाजिक तथा गैरसरकारी क्षेत्रका प्रमुख व्यक्तित्वहरूसँग महत्वपूर्ण भेटघाट तथा विचारविनिमय गरेको छ। यस अवसरमा नेकपा (एमाले) का वरिष्ठ नेता एवं परराष्ट्र विज्ञ डा. राजन भट्टराई, समाजसेवी रुद्र शर्मा तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरिएको थियो।

छलफल नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, जनस्तरीय सहयोग, सांस्कृतिक आदान–प्रदान, मित्रता सुदृढीकरण र विकास सहकार्यका विषयमा केन्द्रित रह्यो।

प्रतिनिधिमण्डलले काठमाडौँ उपत्यकाभित्रका विभिन्न ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदास्थलहरूको अवलोकन गरिसकेको छ।

नेपाल शान्ति तथा एक्यबद्धता परिषद्का अनुसार, प्रतिनिधिमण्डलको भ्रमण कार्यक्रम आषाढ ५ गतेसम्म जारी रहनेछ। परिषद्का पदाधिकारीहरूले भ्रमणले नेपाल–भारतबीचको जनस्तरीय सम्बन्धलाई थप मजबुत र विश्वासपूर्ण बनाउने अपेक्षा व्यक्त गरेका छन्।

यसैबीच, भारतीय संस्कृति तथा मित्रता समाजले नेपाल शान्ति तथा एक्यबद्धता परिषद्लाई आगामी अक्टोबर महिनामा भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पनि प्रदान गरेको छ। परस्पर भ्रमण, विचार आदान–प्रदान तथा सांस्कृतिक–सामाजिक सहकार्यबाट नेपाल–भारत जनस्तरीय सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।

प्रतिनिधिमण्डलको नामावली