६ पुष २०८२, आईतवार
,
Latest
मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल शान्ति परिषद्को निमन्त्रणामा २७ सदस्यीय भारतीय टोली काठमाडौँमा



अ+ अ-

काठमाडौँ। नेपाल शान्ति तथा एक्यबद्धता परिषद्को निमन्त्रणामा भारतको ‘इण्डियन सोसाइटी फर कल्चर एन्ड फ्रेन्डसिप’ (भारतीय संस्कृति तथा मित्रता समाज) अन्तर्गतको २७ सदस्यीय प्रतिनिधिमण्डल नेपालको भ्रमणमा आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल शान्ति तथा एक्यबद्धता परिषद्का उपाध्यक्ष रविन्द्र अधिकारी, परिषद्का सल्लाहकार एवं  संविधानसभा सदस्य कल्पना चापागाईं तथा अन्य पदाधिकारीहरूले प्रतिनिधिमण्डललाई औपचारिक रूपमा स्वागत गरेका थिए।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नेपालको राजनीतिक, सामाजिक तथा गैरसरकारी क्षेत्रका प्रमुख व्यक्तित्वहरूसँग महत्वपूर्ण भेटघाट तथा विचारविनिमय गरेको छ। यस अवसरमा नेकपा (एमाले) का वरिष्ठ नेता एवं परराष्ट्र विज्ञ डा. राजन भट्टराई, समाजसेवी रुद्र शर्मा तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरिएको थियो।

छलफल नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, जनस्तरीय सहयोग, सांस्कृतिक आदान–प्रदान, मित्रता सुदृढीकरण र विकास सहकार्यका विषयमा केन्द्रित रह्यो।

प्रतिनिधिमण्डलले काठमाडौँ उपत्यकाभित्रका विभिन्न ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदास्थलहरूको अवलोकन गरिसकेको छ।

नेपाल शान्ति तथा एक्यबद्धता परिषद्का अनुसार, प्रतिनिधिमण्डलको भ्रमण कार्यक्रम आषाढ ५ गतेसम्म जारी रहनेछ। परिषद्का पदाधिकारीहरूले भ्रमणले नेपाल–भारतबीचको जनस्तरीय सम्बन्धलाई थप मजबुत र विश्वासपूर्ण बनाउने अपेक्षा व्यक्त गरेका छन्।

यसैबीच, भारतीय संस्कृति तथा मित्रता समाजले नेपाल शान्ति तथा एक्यबद्धता परिषद्लाई आगामी अक्टोबर महिनामा भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पनि प्रदान गरेको छ। परस्पर भ्रमण, विचार आदान–प्रदान तथा सांस्कृतिक–सामाजिक सहकार्यबाट नेपाल–भारत जनस्तरीय सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।

प्रतिनिधिमण्डलको नामावली