४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

युवालाई रोजगार बनाउन ‘घुम्ती कोष’

युवालाई रोजगार बनाउन ‘घुम्ती कोष’
अ+ अ-

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले युवालाई स्वरोजगारी उपलब्ध गराउन घुम्ती कोष स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि आठौँ गाउँसभाले पारित गरेको बजेटमा युवा स्वरोजगार कोष स्थापनाका लागि बजेटको व्यवस्था गरेको हो । कोरोनाका कारण रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन रु ३० लाखको घुम्ति कोष खडा गर्ने तयारी गरिएको अध्यक्ष थमसरा पुनले जानकारी दिए । उनका अनुसार कृषि व्यवसाय प्रर्वद्धन कोष स्थापना तथा सञ्चालनका लागि समेत रु २० लाख विनियोजन भएको छ ।  “रोजगारी गुमाएर विदेश र बजारबाट गाउँमा फर्किएका युवालाई कृषि, पशुपालन, जडिबुटी, फलफुल खेती र स्थानीय स्रोतमा आधारित लघुउद्यम सञ्चालन गर्न युवा स्वरोजगार र कृषि व्यवसाय प्रवद्र्धन कोष स्थापना गरेका हौँ” अध्यक्ष पुनले भन्नुभयो, “कार्यविधि बनाएर युवालाई व्यवसाय सञ्चालन गर्न घुम्ति कोष परिचालन गर्छौँ ।”

धवलागिरिले कोभिड–१९ रोकथाम, पूर्वाधार, रोजगार र पूर्वाधारका योजनालाई प्राथमिकता दिँदै रु ४२ करोड रु ५१ लाख बजेट विनियोजन गरेको छ । तलब भत्ता, प्रशासनिक, सामाजिक सुरक्षा भत्ता र सशर्त अनुदानसहित चालू शीर्षकमा रु २९ करोड ८६ लाख ३० हजार र विकास आयोजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकमा रु १२ करोड ६५ लाख ५२ हजार ५८० बजेट पारित भएको हो ।  कर्मचारी, पदाधीकारीको तलब भत्ता र प्रशासनिक खर्च चालूअन्तर्गत रु छ करोड ८४ लाख बजेट बिनियोजन भएको छ । आन्तरिक आम्दानी रु २६ लाख हुने अनुमान गरेको गाउँपालिकाको बजेटको मुख्य स्रोत सङ्घीय र प्रदेश सरकारको अनुदान तथा चालू आवमा खर्च हुन नसक्ने बजेट हो । 

कोरोना रोकथामका लागि निःशुल्क क्वारेन्टिन सञ्चालन गर्ने नीतिसहित विपद् व्यवस्थापन कोषमा रु ७५ लाख विनियोजन गरेको छ । पुँजीगत शीर्षकको बजेटबाट १९५ वटा योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सडक, भवन, सिँचाइ, खानेपानी, ढल निकासलगायत पूर्वाधार योजनामा सबैभन्दा बढी रु तीन करोड ६४ लाख ८६ हजार ५८० विनियोजन भएको छ । पर्यटन गुरुयोजना निर्माणमा रु १० लाख विनियोजन गरेको छ । 

आवासविहीन जनतासँग वडाध्यक्ष, सुनौला हजार दिनका आमासँग अध्यक्ष र उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यस्तै पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । पालिकास्तरीय खेलकुद विकास समिति गठन गर्ने, खेलकुद सामग्री वितरण र घुम्ति शिविरमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, धारापानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने बजेट विनियोजन गरेको छ ।  व्यावसायिक जडिबुटी खेती विस्तार गर्ने, सडक, खानेपानी, सिँचाइ र विद्युत् विस्तारका साथै स्तरोन्नितीमा जोड दिएको छ । कोरोनाका कहरका बिच जनतालाई रोग र भोगबाट गोजाएर विकासका गतिविधि र सेवाप्रवाहलाई निरन्तरता दिने नीति लिएको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । आगामी आर्थिक वर्षमा साउनबाटै योजना सर्वेक्षण, लगत तयार, सम्झौता गरी कार्यान्वयन प्रक्रियामा लगेर असारे विकासको समस्यालाई निरुत्साहित गरिने प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए । 

ताकम र बगरमा विद्युत् विस्तार, लुलाङमा लघु जलविद्युत् परियोजना पुनःनिर्माण, मल्कवाङ र मराङको राम्चेसम्म सडक पुग्नुलाई यो वर्षको मुख्य उपलब्धि मानिएको कार्यपालिकाका प्रवक्ता झक छन्त्यालले बताउनुभयो । लुलाङको वडा कार्यालय, मुना स्वास्थ्य चौकी र हेम नमूना आवासीय माविको भवन तथा मालिका र धवलागिरि गाउँपालिका जोड्ने भारवाङखोला, मराङखोलामा मोटरेबल पुल निर्माण शुरु भएको छ । धवलागिरिको ताकम र मालिकाको देवीस्थान जोड्ने सडक, गुर्जादेखि मुदी जोड्ने पदमार्ग निर्माण भएको छ । कोरोनाको जोखिम, लकडाउन र हिमपातका बावजुद दुर्गम र विकट क्षेत्रका उपभोक्ता समितिले ८० प्रतिशतभन्दा बढी काम सकेका गाउँपालिकाले जनाएको छ ।