५ पुष २०८२, शनिबार
,
Latest
युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा ‘आँधी खोला संरक्षण’ अभियन्ता नेपाल र आलेलाई वडाध्यक्षले कुटे



अ+ अ-

काठमाडौंं। आँधी खोला संरक्षण अभियानका दुई अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले कुटपिट गरेका छन् ।

नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता नेपाल र आलेलाई वडाध्यक्ष खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेको नेपालले सामाजिक संञ्जाल मार्फत जानकारी गराएका छन् ।

वडाध्यक्षको प्रहारबाट नेपालको हेलमेटको सिसा फुटेको छ भने हातमा समेत चोट लागेको छ । विरोध कार्यक्रमबाट फर्कने क्रममा मोटरसाइकल रोकेर एक्कासी आफुहरु माथी फलामको रडले हानेको नेपालले जानकारी दिनुभयो ।