९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा ‘आँधी खोला संरक्षण’ अभियन्ता नेपाल र आलेलाई वडाध्यक्षले कुटे



अ+ अ-

काठमाडौंं। आँधी खोला संरक्षण अभियानका दुई अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले कुटपिट गरेका छन् ।

नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता नेपाल र आलेलाई वडाध्यक्ष खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेको नेपालले सामाजिक संञ्जाल मार्फत जानकारी गराएका छन् ।

वडाध्यक्षको प्रहारबाट नेपालको हेलमेटको सिसा फुटेको छ भने हातमा समेत चोट लागेको छ । विरोध कार्यक्रमबाट फर्कने क्रममा मोटरसाइकल रोकेर एक्कासी आफुहरु माथी फलामको रडले हानेको नेपालले जानकारी दिनुभयो ।