२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पछिल्लो २४ घण्टामा करिब २० हजार कोरोना संक्रमित थपिए



अ+ अ-

काठमाडौं । भारतमा एकैदिन करिब २० हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८५९ पुगेको छ । भारतमा लगातार नवौं दिन कोरोनाका १४ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १६ हजार नाघिसकेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण १६ हजार ९५ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा ८० हजारभन्दा धेरै संक्रमित भेटिँदा दुई हजार ५५८ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख नौ हजार ७१३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।