३१ भाद्र २०८३, बुधबार
,
Latest
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने काँग्रेसको आग्रहः विपद्को समयमा सरकार अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड देओस् विपद् व्यवस्थापनमा सरकारी निकायबीच निरन्तर समन्वय भइरहेको छ : लामिछाने सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीलाई सोधे–योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो… जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई तत्काल न्याय दिन सरकारसँग सांसद खतिवडाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाण्डौमा निर्माण र विस्तार भइरहेका सडकको मन्त्री नेम्बाङ यसरी गरे अनुगमन, हेरौ तस्विर



अ+ अ-

काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले काठमाडौं उपत्यकामा विस्तार र निर्माण भइरहेका सडकहरूको स्थलगत अनुगमन गर्नु भएको छ ।
बालकुमारीको हनुमन्ते कोरिडोर, उपत्यकाकै सर्वाधिक सवारी जाम हुने कोटेश्वर चोकमा विस्तारको क्रममा रहेको चार लेनको सडक, गौशला–चाबहील सडक र जोरपाटी–साँखु सडक खण्डको मन्त्री नेम्बाङले शनिबार अनुगमन गर्नु भएको हो ।

चार लेनको सडक विस्तारका लागि कोटेश्वर चोक क्षेत्रमा भने विमानस्थलको बार सार्ने काम सुरु भएको छ ।  

अनुगमनपछि मन्त्री नेम्बाङले हनुमन्ते कोरिडोर निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय सरोकारवाला, निर्माण व्यवसायी र सम्बन्धित आयोजना हेर्ने आयोजना प्रमुख र मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयलाई छलफलका लागि मन्त्रालयमा आइतबार  बोलाउनु भएको छ ।

जोरपाटी–साँखु सडक खण्डको सानो थलीको उकालो क्षेत्र र तिवारी टोल लगायतका ठाउँहरुमा स्थानीयहरूले सडक विस्तारमा अवरोध गर्दै आएका छन् । अवरोध भएका क्षेत्रहरूमा सडक विस्तारको काममा समस्या देखिएको छ ।

स्थानीयको अवरोध नभएका क्षेत्रहरूमा भने सडक निर्माण र विस्तारको काम तीब्र गतिमा भइरहेको काठमाण्डौ सडक विस्तार आयोजना प्रमुख गुरु अधिकारीले बताउनु भयो । 

मन्त्री नेम्बाङले सडक निर्माण र विस्तार कार्यमा समस्या देखिएको अवस्थामा सम्बन्धित क्षेत्रमै पुगेर सरोकारवालाहरूसँग छलफल गर्दै आउनु भएको छ । 

शनिबार भएको अनुगमनमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ गजेन्द्र थपलिया, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, ट्राफिक प्रहरी प्रमुख भीम ढकाल, काठमाडौं सडक डिभिजन प्रमुख कुवेर नेपाली, उपत्यका सडक विस्तार  आयोजना प्रमुख गुरू अधिकारी सहभागी रहनु भएको थियो ।