पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले उत्कृष्ट जित निकालेको छ ।
शनिबार भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालामा मनाङलाई जित दिलाउन आफिज ओलावालेले ह्याट्रिक गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक/एक गोल गरे ।
जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत छ ।
च्यासलले ८ खेलमा ५ अंक जोड्दै १३ औं स्थानमा रहेको छ ।
मनाङका ओलावाले खेलको म्यान अफ दि म्याच चुनिए भने इमर्जिङ प्लेयर च्यासलका आशिष राई घोषित भए ।











