१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केबलकारमा छुट



अ+ अ-

न्यूजपोलार ए.आई.

  • एससीटी-यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट
  • मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको
  • एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT–UPI कार्ड जारी गर्दै आइरहेको

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको एससीटी-यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट हुने भएको छ ।

समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको हो ।  अफर अन्तर्गत ग्राहकहरूले आफ्नो SCT–UPI कार्डबाट POS मेसिन मार्फत टिकट खरिद गर्दा १०% छुट हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT–UPI कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT–UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT–UPI  कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।