२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरभित्र तीन महिनासम्म सडक र फुटपाथ खन्न रोक



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी भदौसम्म सार्वजनिक सडक र फुटबाट खन्न स्वीकृति नदिने भएको छ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले आज सूचना सार्वजनिक र्गै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न सहमति दिने कार्य रोकिएको जानकारी दिएको हो ।

वर्षात्का बेला सडक खन्दा धेरै क्षति पुग्ने र हिलाम्ये भएर हिँडडुल गर्नसमेत समस्या हुने भएकाले महानगरले यस्तो निर्णय गरेको बताइएको छ ।

अझ विकासका नाममा आर्थिक वर्षको अन्तिम महिना असारमा बढी काम हुने गरेको छ । तर यति बेला हतारमा गरिएको कामको गुणस्तरसमेत हुँदैन ।