२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलशमशेरसँग ३ लाख रुपैयाँ धरौटी माग



अ+ अ-

काठमाडौँ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणासँग ३ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

राणाको थुनछेक बहसपिछ काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले सो आदेश गरेका हुन् ।

जिल्ला अदालत काठमाडौंमा सोमबार भएको थुनछेक बहसपछि धरौटी माग गरिएको हो ।

गत चैत १५ गते पक्राउ परेका राणा उमेर र स्वास्थ्यका कारण हाजिरी जमानीमा छुटेका थिए । आज उनी बयानका लागि उपस्थित भएका थिए ।

राणाको बयानपछि बहस भएको थियो । उनको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई, राजु बस्नेत लगायतले बहस गरे । यस्तै सरकारी पक्षबाट ४ जना वकिलहरुले बहस गरेका थिए ।