काठमाडौँ । उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न अल्पकालीन आदेश जारी गरेको छ ।
आफूलाई जारी भएको पक्राउ पूर्जिविरुद्ध पाठकले दायर गरेको रिटमा अदालतले यस्तो आदेश गरेको हो ।
दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाइएको छ ।
यो आदेशअनुसार ५ गतेसम्म प्रहरीले पाठकलाई पक्राउ गर्न नसक्ने बताइएको छ ।










