२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद अवरोध हुँदा सरकारले आफ्ना कामहरु अघि बढाउने कुरा स्भाविक भएको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा यस्ता खेलहरु भइरहने र यस्तो कुरा आफूलाई नयाँ र नौलो नलागेको जिकिर गर्नुभयो । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल भइरहने गरेको बतउनु भयो । देशमा भ्रष्टाचार व्याप्त भइरहेको बताउँदै कुनैपनि सरकारले नियन्त्रण गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा यस्ता खेल भइरहन्छन् । मलाई नयाँ नौलो लाग्दैन । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल त भइरहन्थे त । विरोध गर्ने, नारा लगाउने, सरकारले सदन चलाइरहने, आफ्ना काम अघि बढाउने । यसलाई मैले अस्वभाविक रुपले लिन्न । देशमा भ्रष्टाचार अत्यन्त मौलाइरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल नै छ । एउटा मात्रै सरकारको कुरा होइन, अहिलेको सरकारको मात्रै कुरा होइन । विगतदेखि अहिलेसम्म सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन ।’

भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल रहेको दाबी गर्नुभयो ।




भर्खरै