७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध



फाइल फाेटाे
अ+ अ-

गुल्मी । पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ ।

उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आज अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

सडक अवरुद्ध बनेपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी सडकखण्डमा दुवै तर्फका लामो तथा छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरूबीच बाटोमै अलपत्र परेका छन् ।