११ श्रावण २०८३, सोमबार
,
Latest
खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध



फाइल फाेटाे
अ+ अ-

गुल्मी । पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ ।

उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आज अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

सडक अवरुद्ध बनेपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी सडकखण्डमा दुवै तर्फका लामो तथा छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरूबीच बाटोमै अलपत्र परेका छन् ।