१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते

‘धान उत्पादनमा वृद्धि : आत्मनिर्भरता र समृद्धि’

‘धान उत्पादनमा वृद्धि : आत्मनिर्भरता र समृद्धि’
अ अ+ अ-

काठमाडौँ । यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सञ्चालन गर्न सरकारले निश्चित नियम तयार पारेको छ । यसअघि आ–आफ्नै परम्पराअनुसार रोपाइँ महोत्सव हुने गरेका थिए । तर यसपटक विश्वमा फैलँदै गएको कोभिड–१९ का कारण रोपाइँ महोत्सव सञ्चालन गर्न निश्चित नियम बनाइएको हो । 

सरकारले असार १५ (भोली) बाट नेपालमा औपचारिक रुपमा  धान रोपाइँ सुरु गर्दैछ । खेतमा रोपार र लाठेबीच हिलो छ्यापाछ्याप तथा २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन नपाइने नियम बनाएको छ । ‘धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि’ नाराका साथ सुरु हुन गइरहेको १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा २५ भन्दा बढी मानिस भेला हुनुपर्ने भए साना साना समूह बनाई रोपाइँ गर्नुपर्ने नियम बनाइएको छ । यद्यपि २५ भन्दा बढी रोपारबाट रोपाइँ गर्नुपर्ने भए एक अर्का बीचको दूरी ६ फिट कायम राख्नुपर्ने भएको छ ।   

ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा धानको बीउ रोपेर औपचारिक रुपले  १७औँ र रोपाइँ महोत्सवको आयोजना हुँदै छ । यसपछि नेपालभर औपचारिक रुपमा धान रोपाइँ सुरु हुन्छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन र जोगाउन धान रोपाइँ हुने स्थान वरपर गुणस्तरीय मास्क, सानिटाइजर र हात धुनका लागि साबुनपानीको व्यवस्था मिलाउनुपर्ने नियम बनाएको छ । 
    
रोपार तथा बाउसेको शरीरको तापक्रम तथा लक्षणको मापन गर्नुपर्ने तथा परीक्षण गर्दा १०० दशमलव चार प्रतिशत ज्वरो आएमा रोपाइँमा संलग्न हुन रोक लगाउनुपर्ने मापदण्ड तय गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । हालको जनसङ्ख्या (झण्डै तीन करोड) जनतालाई पुर्याउन ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । तर नेपालको उत्पादन भने जम्मा ५५÷५६ लाख मेट्रिक टनमा सीमित रहेको छ । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । धान गैरमिनी (घाँस) प्रजाति अन्तर्गतको बाली हो । 

कृषि विभागका महानिर्देशक काञ्चनराज पाण्डेले नेपालीहरुको भातै मात्र खाने ‘भाते‘ संस्कृतिका कारण चामलको आयातमा वृद्धि भएको बताउनुभयो । हाल नेपालले प्रतिवर्ष रु ३० अर्बको चामल आयात गर्दै आएको छ । नेपालीको क्रयशक्तिमा भएको बढोत्तरीका कारण  पिठोको सट्टा चामल खाने आदत बढ्दै गएको छ । फलस्वरुप मसिना तथा बास्नादार ९बास्मती० चामलको आयातमा वृद्धि हँुदै गएको तथ्याङ्क छ । 
 
हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालको सबै जिल्लामा धान रोपाइँ हुन्छ । हालसम्म उच्च, मध्य पहाड र तराईमा गरी दुई लाख ७५ हजार, २९ हेक्टर जमीनमा रोपाइँ सम्पन्न भइसकेको छ । यस वर्ष पनि गत वर्ष जस्तै किसानले समयमा नै रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । नेपालमा रासायनिक मल चीन र खाडी मुलुकबाट आयात हुन्छ । यतिखेर लाखाँै टन मल कलकत्ता बन्दरगाहमा अड्किएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

विश्वमा खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । झण्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् ।