२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार थप ४६३ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । नेपालमा आइतबार कोरोना भाइरस (कोभिड—१९) का ४ सय ६३ जना थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । आजसम्म ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ  ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ । आज देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।