न्यूजपोलार ए.आई.
- गायिका रचना रिमाल डिस्चार्ज
- पुर्व निर्धारित सम्पुर्ण कार्यहरु केहि समयलाई थाती
- चिकित्सकहरुको निरन्तर निगरानीमा ह्याम्स हस्पिटलमा भर्ना भै ५ दिन उपचार गर्दा स्वास्थ्यमा केहि सुधार देखिएको छ
काठमाडौं । गायिका रचना रिमाल डिस्चार्ज भएकी छन् ।
सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम जाने क्रममा उनी बिरामी भएकी रचनाको आन्द्राको संक्रमण भएपछि राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेकी थिईन ।
शनिबार डिस्चार्ज भएकी रचना घरमै आराम गरिरहेकी छन् । आफ्नो स्वास्थ्य अवस्थाबारे एक तस्वीरसहित जानकारी दिदै रचनाले चिकित्सकको सल्लाहअनुसार अहिले घरमा आराम गरिरहेको र स्वास्थ्य लाभ गरिरहेको जनाएकी छिन् ।
उनले लेखेकीछिन् –
नमस्कार
म जेष्ठ २६ गते दिउँसो सांगीतिक कार्यक्रमको लागि रुकुम पुगेकी थिए । जेष्ठ २७ गतेको लागि सांगीतिक कार्यक्रम तय भएको थियो । राति खाना खाई सुते पश्चात् बिहान १ बजेबाट अचानक पेटमा अत्याधिक दुखाईको महशुस भयो जुन निरन्तर ३/ ४ घण्टासम्म जारी रहयो।
मैले आयोजकको दादाहरुलाई खबर गरे र हामी उपचारको लागि चौरजारी अस्पताल गयौँ । त्यहाँ विभिन्न परिक्षण पश्चात् चिकित्सको आग्रह अनुसार सकेको छिटो एपेन्डिक्सको अपरेशन गर्नुपर्छ भन्ने सल्लाह भयो । त्यसपछि म अन्यौलमा परे । रातिदेखिको त्यो पीडा, नयाँ ठाउँ , एक्कासि त्यो अवस्थाले म त्यो केहि सोच्न सक्ने अवस्थामा थिईन ।
त्यसपछि मेरो आफन्तहरुले हेलिकप्टरबाट काठमाडौं ल्याएर नै उपचार गर्ने भनेर हेलिकप्टरको खोजी थालियो । नीजि हेलिकप्टरहरु काठमाडौंबाट नै रुकुम पुगेर ल्याउनुपर्ने देखेपछि सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरबाट भए छिटो र नजिक हुने देखिए पछि सेनाको हेलिकप्टर व्यस्थाको लागि प्रक्रिया थालियो र केहि समयमा स-शुल्क सेनाको हेलिकप्टरको व्यवस्थापन भयो ।
यसको लागि माननीय रक्षा मन्त्री मानबहादुर राई, माननीय महेश वर्तौला र नेपाली सेनाका प्रधानसेनापतिज्यूले गरिदिनुभएको सहजिकरणको लागि सदैव ऋणी छु ।
रुकुमबाट सेनाको हेलिकप्टरबाट नेपालगंज विमान्स्थलसम्म ल्याईएपछि बुद्द एयरको जहाज मार्फत तत्काल काठमाडौं ल्याईयो ।
एयरपोर्टबाट ह्याम्स हस्पिटलको एम्बुलेन्सबाट इमरजेन्सीमा भर्ना गरी उपचार थालियो र रुकुमको चौरजाहरी अस्पतालमा शंका गरिएको जस्तो एपेन्डिक्सको समस्या नभै अन्य आन्द्राको संक्रमण भएको पुष्टि भयो ।
त्यस पश्चात् चिकित्सकहरुको निरन्तर निगरानीमा ह्याम्स हस्पिटलमा भर्ना भै ५ दिन उपचार गर्दा स्वास्थ्यमा केहि सुधार देखिएको छ र हिजो साँझ हस्पिटलबाट डिस्चार्ज समेत भैसकेको छु । चौरजहारि अस्पतालदेखि ह्याम्स हस्पिटल सम्म स्वास्थ्य सेवामा खट्नुहुने सम्पुर्ण चिकित्सक टोलीलाई धेरै भन्दा धेरै धन्यवाद ।
विशेष गरि ह्याम्स अस्पतालमा उपचारको लागि सहजीकरण गर्नुहुने वरिष्ठ चिकित्सक डा। भोला रिजाल , उपचारमा खटिनुहुने डा। अनुज पराजुली , डा। दिवेश श्रेष्ठलाई विशेष धन्यवाद ।
साथै यो कठिन समयमा स्वास्थ्यको बारेमा चासो राख्नुहुने , अस्पतालमा उपस्थित भै प्रत्यक्ष भेटेर र विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद ।
हाल चिकित्सकको सल्लाह अनुसार घरमै आराम र थप स्वास्थ्य लाभ गरिरकेकी जानकारी गराउँदै हाललाई पुर्व निर्धारित सम्पुर्ण कार्यहरु केहि समयलाई थाती राख्दै छिटोभन्दा छिटो पुर्ण स्वास्थ्य लाभ सहित हजुरहरुमाझ प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।










