२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा प्रमुख सचेतक शाहीलाई वर्षमानको जवाफः स्टन्ट गरेर राजनीति चल्दैन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुनले स्टन्ट गरेर राजनीति नचल्ने बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्रमाथि विभिन्न आरोप लगाउनुभएको छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उपमहासचिव पुनले प्रमुख सचेतक शाही हावादारी कुरा गर्ने व्यक्ति भएको बताउनु भयो । उहाँले वाहियात, तर्कहिन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ज्ञानेन्द्र शाहीजीलाई म व्यक्तिगत रुपले सम्मान गर्दछु । तर प्रवृत्तिगत रुपले उहाँसँग हाम्रो सहमति छैन । विगतमा प्रधानमन्त्रीसँग टिआरसीको बारेमा छलफल भयो, त्यसैदिन कुलमानलाई हटाउनु भयो । त्यसैदिन कुलमान साट्यो भन्नुभयो । यस्ता वाहियात, तर्कहिन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुगिँदैन । उहाँ एउटा युवा राजनीतिज्ञ हुनुहुन्छ । सस्तो लोकप्रियताबाट स्टन्ट गरेर राजनीति चल्दैन ।’

उहाँले सस्तो लोकप्रियताबाट राजनीति चल्न नसक्ने बताउनु भयो ।