१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते

‘मलाईलाई हटाउन दुतावास सक्रिय’

‘मलाईलाई हटाउन दुतावास सक्रिय’
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि आफुलाई हटाउने खेल शुरु भएको बताएका छन् । उनले भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार, नेपालका होटलमा भईरहेका गतिविधि र दूतावासको सक्रियताले यसलाई पुष्टि गर्ने बताएका हुन् । घुमाउरो भाषामा नेपालस्थित भारतीय दुतावास भन्न खोजेपनि यद्यपी उनले कुन दूतावासले भनेर स्पष्ट पारेनन् । प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रियता यति कमजोर छैन कि नक्सा छाप्दैमा प्रधानमन्त्रीबाट बर्खास्त हुनुपर्ने अवस्था आओस । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले यतिबेला प्रधानमन्त्रीको जिम्मेबारीबाट आफु हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए । ‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन, तर यतिबेला म हट्ने हो भने फेरि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन, किनभने बोलेको भोलिपल्ट बर्खास्त हुन्छ’, उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी पनि गरेका हुन् । ‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ । नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ,’ ओलीले भने । ‘हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । तपाईंहरुले सुन्नु भएको होला, हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र सक्रिय छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले दिल्लीका सञ्चारमाध्यम सुन्दा, होटलहरुमा भईरहेका गतिविधि र एम्बेसीको सक्रियता त्यसले पनि बताईरहेको उल्लेख गरे । यद्यपी उनले नेपालको राष्ट्रियता यति कमजोर नआक्न समेत चेतावनी दिए । ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे बापत, संविधानमा नक्सा सामेल गरे बापत यस देशको प्रधानमन्त्रीलाई हटाउछु भनेर कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन’, उनले अगाडी भने, ‘यो नसोचेपनि हुन्छ । कोसिस गर्नेलाई त गर्न दिउ, तर हिजोको जस्तो होइन । कसैले हतारो नगरेपनि हुन्छ । कसैले विभिन्न आग्रहहरु नपालेपनि हुन्छ ।’

नेकपाको स्थायी कमिटी बैठक चलिरहेका बेला आएको प्रधानमन्त्रीको यो भनाईलाई राजनीतिक रुपमा निक्कै तरंगको रुपमा लिइएको छ । संविधान अनुरुप सरकार गठन भएको दुई वर्षभित्र सरकार परिवर्तन गर्न पाइदैन । गत फागुनमा दुई वर्ष पुगे लगत्तै अहिले राजनीतिमा सरकार हटाउने खेलहरु पनि भईरहेका छन् । त्यसैलाई इंगित गरेर नेकपाका अध्यक्ष समेत रहेका ओलीले सरकार ढाल्ने खेल भईरहेको बताएका हुन् । उनले आफु सदैव प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहने मन पनि नभएको स्पष्ट पारेका छन् । तर, अहिले समय गलत भएकाले तत्काल हट्ने पक्षमा आफु र आफ्नो पार्टी नरहने पनि स्पष्ट पार्ने प्रयास गरे । ‘प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन । तर, यतिबेला म हट्ने हो भने फेरीदेखी नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन किनभने भोलीपल्ट बर्खास्त हुन्छ’, कार्यक्रममा उनले यसलाई थप प्रष्टाउदै अगाडी भने, ‘आजका लागि नभएर भोलीका लागि, आफ्ना लागि होइन देशका लागि र हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता बहकावमा कुद्नेवाला पनि छैन, यी कुरा नबुझ्ने अन्जान खेलमा सामेल हुनेवाला पनि छैन ।’

प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको नयाँ नक्सा नछापिएको बताए । ‘भुलचुकले नक्सा छापेको होइन । संविधान संशोधन गरिएको होइन’, उनले भने, ‘भूमि फिर्ता गर्ने यस अभियानबाट हामी फिर्तै हुँदैनौं । हामीलाई हाम्रो भूमि चाहियो । फिर्ता नलिइकन छोड्दैनौं,’ प्रधानमन्त्री ओलीले भने । सन् १९६२ सालदेखि कालापानीमा भारतले सेना राखेको र त्यहाँका जनतासँग नेपालको सम्बन्ध टुटेको उनले बताए । ‘कालापानीमा सेना राखेर उता जानै दिएका छैनन्,’ उनले भने, ‘नेपालका नागरिकताधारीहरूले त्यहाँ नागरिकता र रासन कार्ड कसले दिएको छ भन्ने प्रश्न गर्छन् ।’ यस्ता प्रश्न खल्तीमा नेपाली नागरिकता बोक्ने तर तर्क अर्काको पक्षबाट गर्ने पनि प्रधानमन्त्रीको आरोप छ । नक्सा छापेपछि केही गाह्रो नहुने उनले बताए । ‘हामीले अरूको जमिन अतिक्रमण गरेको छैन,’ उनले भने । प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर फर्केपछि पार्टीको बहुमत नभएकाले सरकार ढलेको स्मरण गराए । उनले एउटै मुलुकवेष्टित (भारतवेष्टित) रहेको पारवहनलाई दुवै छिमेकीवेष्टित बनाएर नाकाबन्दीका समयमा पनि नेपालले दृढतापूर्वक सामना गरेको स्मरण गरे ।

‘नेपाल दुई ढुंगाबीचको निरीह तरुल होइन । हाम्रो गौरवपूर्ण इतिहास भएको, गतिशील वर्तमान र महान् सम्भावना बोकेको स्वतन्त्र सार्वभौम सत्तासम्पन्न राष्ट्र हो । इतिहासमा यो कुनै राष्ट्रको अधीनस्थ थिएन’, उनले भने, ‘हामी दुवै छिमेकीबाट चलायमान रुपमा पारवहन सुविधा लिन सक्छौँ । हामीले चीनसँग त्यस प्रकारको सम्झौता गरेर नेपाललाई नयाँ उचाइमा लगेका छौँ ।’उनले हाल कोरोना भाइरसको अस्थायी संकट परे पनि सुन्दर नेपालले आफ्ना मुर्छित सपना ब्युँझ्याएर जनतामा आत्मविश्वास जगाइसकेकाले आफ्नाबारेमा विरोध र आलोचना गर्दा भनाइ र गराइलाई तुलना गरेर वस्तुगतरुपमा गरिदिन पनि आग्रह गरे । ‘हुन त विरोधीहरुले माक्र्स र भण्डारीको पनि विरोध गर्थे । मेरो पनि गरेका छन् तर म शासन गर्न राजनीतिमा लागेको होइन । जनता र देशको सेवा गर्न लागेको हुँ । म मेरा साथीहरुलाई मलाई नजीकैबाट हेरेर म मा कुनै दाग, धब्बा र छिटाहरु भए आलोचना गरिदिन आग्रह गर्छु’, प्रधानमन्त्री ओलीको भनाई छ । सौर्य दैनिक