१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते

स्थानीय तहमा पठाइएको साढे २० करोड रुपैयाँ

स्थानीय तहमा पठाइएको साढे २० करोड रुपैयाँ
अ अ+ अ-

काठमाडौं । सरकारले स्थानीय तहमा क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि झन्डै साढे २० करोड रुपैयाँ निकासा गरेको भए पनि क्वारेन्टिन भद्रगोल र अव्यवस्थित रहेका छन् । क्वारेन्टिनका नाममा सरकारले स्थानीय तहलाई २० करोड ४५ लाख २५ हजार रुपैयाँ पठाए पनि भद्रगोल र अव्यवस्थित भएको भन्दै क्वारेन्टिनमा बसेका सयौं व्यक्ति रातारात भाग्ने क्रम बढेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषले दुई चरणमा गरी ती स्थानीय तहलाई करोडौं रुपैयाँ पठाएको थियो । कोष सञ्चालक समितिको ३० जेठमा बसेको बैठकले विभिन्न स्थानीय तहलाई १३ करोड २२ लाख ५६ हजार ८ सय २५ निकासा दिएको थियो । त्यसको एक सातापछि ९ असारमा क्वारेन्टिन निर्माण र व्यवस्थापनमा ७ करोड २२ लाख ६८ हजार ३ सय रकम निकासा गरेको थियो । गत ९ असारमा पोखरा महानगरपालिकालाई ७ लाख ६ हजार ३ सय ७५, कालिन्चोक गाउँपालिकालाई ५ लाख ४८ हजार ३ सय ५०, विनयी त्रिवेणी गाउँपालिकालाई ५ लाख २२ हजार ६ सय २५, बडिगाड गाउँपालिकालाई ६ लाख ९१ हजार ६ सय ७५ र शीतगंगा नगरपालिकालाई २८ लाख ४३ हजार ५ सय ५० रुपैयाँ निकासा गरिएको थियो ।

यस्तै, महाराजगन्ज नगरपालिकालाई ९ लाख ९४ हजार २ सय ५०, विजयनगर गाउँपालिकालाई ३४ लाख ६३ हजार ४ सय, सत्यवती गाउँपालिकालाई ५ लाख ६० हजार ६ सय, इस्मा गाउँपालिकालाई ६ लाख ७८ हजार २ सय र रेसुङ्गा नगरपालिकालाई ९ लाख ५५ हजार ५० रुपैयाँ निकासा भएको थियो । यसैगरी, धुर्कोट गाउँपालिकालाई १० लाख ३५ हजार ९ सय, मुसिकोट नगरपालिकालाई १२ लाख २६ हजार ५ सय ५०, राप्ती गाउँपालिकालाई १० लाख ९१ हजार २५, बंगलाचुली गाउँपालिकालाई १७ लाख ५५ हजार ७ सय ५०, तुल्सीपुर उपमहानगरपालिकालाई २१ लाख ३४ हजार २ सय ७५, घोराही उपमहानगरपालिकालाई ३३ लाख १५ हजार १ सय ७५, रिब्दीकोट गाउँपालिका ६ लाख ९० हजार ४ सय ५०, प्यूठान नगरपालिकालाई २५ लाख २५ हजार ५० र खजुरा गाउँपालिकालाई २० लाख १५ हजार ४ सय ५० रुपैयाँ निकासा भएको छ । यस्तै, कर्णाली प्रदेशका अधिकांश नगरपालिकालाई २० लाखदेखि ३४ लाख रुपैयाँसम्म निकासा गरिएको छ ।

तर, संक्रमणका बेला आर्थिक अनुगमन गर्ने निकाय मौन हुँदा क्वारेन्टिन निर्माण तथा व्यवस्थापन गर्ने जिम्मेवारीमा रहेका स्थानीय तहले सरकारको मापदण्डभन्दा कमसल खाना खुवाइरहेका छन् । न्यूनतम सुरक्षाका विधिसमेत लागू गरेका छैनन् । स्थानीय तहलाई समन्वय गर्ने जिम्मेवारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत अनुगमनमा चासो नदिँदा स्थानीय तहलाई आफूखुसी रकम खर्च गर्न सहज भइरहेको छ । संघीय मामिला मन्त्रालयकै प्रस्तावमा कोरोना कोषले स्थानीय तहलाई २० करोड रुपैयाँभन्दा बढी रकम निकासा दिने निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले स्थानीय तह आफैं सरकार भएकाले खर्च भएको रकमबारे प्रश्न गर्न नमिल्ने बताए ।

‘भ्रष्टाचार भए अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खर्चमा समस्या देखिए महालेखा नियन्त्रकको कार्यालय तथा महालेखापरीक्षकको कार्यालयलगायतले औंल्याउनुपर्छ,’ प्रवक्ता अधिकारीले भने । संघीय मामिला मन्त्रालयले अन्य विभिन्न समयमा भने स्थानीय तहलाई पत्र पठाउने र आवश्यक निर्देशन दिने गरेको छ । कोभिड कोषबाट दिइएको रकमबारे अनुगमन गर्ने कार्यमा भने मन्त्रालय मौन बस्दै आइरहेको छ । तर, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु श्रेष्ठले स्थानीय तहमा हालसम्म १ लाखभन्दा बढी क्वारेन्टिन मापदण्डअनुसार नै तयार भएको दाबी गरे । हालसम्म सरकारले स्थानीय तहलाई २० करोड रुपैयाँभन्दा बढी रकम निकासा भएको बताए पनि स्थानीय तहले भने सरकारबाट कुनै रकम नपाएको गुनासो गर्दै आइरहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पनि स्थानीय तहमा क्वारेन्टिन निर्माण र खाना खर्च भनेर कोभिड कोषको रकम निकासा गरिएको बताए । प्रवक्ता पौडेलले विदेशबाट मानिस आउँदै गरेकाले करिब ३० करोड रकम अझै खर्च हुने अनुमान गरे । क्वारेन्टिनस्थल विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरू घरमा भन्दा क्वारेन्टिनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरूलाई सार्ने सम्भावना कम हुने भएकाले क्वारेन्टिनमा बस्न भनिएको हो । तर, क्वारेन्टिन स्थलमा पर्याप्त स्वास्थ्य सुविधा वा निगरानी हुन नसकेका कारण प्रदेश ५ अन्तर्गतको बाँके जिल्लामा केही दिनअघि २५ वर्षीय संक्रमित युवकले ज्यान गुमाउनुपरेको थियो ।

क्वारेन्टिनमा रहँदा श्वास–प्रश्वासमा समस्या आए पनि अस्पताल लगिएन र क्वारेन्टिनमै उनले ज्यान गुमाए । उनी नेपालमा मृत्यु हुने दोस्रो कोरोना संक्रमित भए । स्थानीय तहलाई सरकारले पर्याप्त रकम पठाए पनि कमसल र अव्यवस्थित क्वारेन्टिन निर्माण भएको छ । यस्तै, लापरबाहीकै कारण मानिसमा कोरोना संक्रमण बढ्दो छ । राजधानी दैनिक