२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु



अ+ अ-

रुद्रप्रयाग । आइतबार बिहान करिब पौने ६ बजे केदारनाथ नजिकै गौरीकुण्डमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट सहित सबै ७ यात्रुको मृत्यु भएको छ ।

मृतकहरूमा महाराष्ट्रका एक २ वर्षीय बालक पनि छन् । हेलिकप्टर केदारनाथ मन्दिरबाट तीर्थयात्री बोकेर गौरीकुण्ड उडेको थियो ।

प्रारम्भिक जानकारी अनुसार खराब मौसम दुर्घटनाको कारण भएको बताइएको छ । हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो ।

हेलिकप्टरमा उत्तर प्रदेश–महाराष्ट्रका २–२ जना र उत्तराखण्ड र गुजरातका १–१ जना यात्रु थिए । पाइलट राजवीर सिंह चौहान राजस्थानको जयपुरका बासिन्दा थिए ।

यसैबीच, चार धाम यात्रा हेलिकप्टर सेवामा प्रतिबन्ध लगाइएको छ । मुख्यमन्त्री पुष्कर सिंह धामीले भने – हेली सेवा सञ्चालनको सम्बन्धमा कडा नियम बनाइनेछ । यसमा उडान अघि हेलिकप्टरको प्राविधिक अवस्था जाँच गर्न र मौसमको सही जानकारी लिन अनिवार्य गरिनेछ ।