२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्र आवश्यकः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्रको आवश्यकता अपरिहार्य रहेको बताउनुभएको छ ।

लोकसेवा आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

सक्षम, योग्य र निष्पक्ष कर्मचारी प्रशासनिक व्यवस्थाको मेरुदण्ड भएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकार, व्यवस्थापिका र प्रशासन संयन्त्रबीचको सहकार्यलाई सुदृढ बनाउने कुरामा जोड दिँदै सरकार र व्यवस्थापिकाले बनाएका नीति तथा कानूनहरु कार्यान्वयन लागि महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले कर्मचारीतन्त्रलाई राजनीतिभन्दा भिन्न तर राजनीतिको नजिक रहेर काम गर्ने संवैधानिक संयन्त्रको रूपमा व्याख्या गर्दै सरकारको कार्यसफलता धेरै हदसम्म कर्मचारीको सक्षमतामा निर्भर रहने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शासन व्यवस्था प्रभावकारी रुपमा संचालनका लागि सरकार र प्रशासनको महत्वपूर्ण रहेको हुन्छ । सरकारले नेतृत्वले आवश्यक नीति निर्माण गर्ने, व्यवस्थापिकाले कानून बनाउने र प्रशासन संयन्त्रले त्यसको कार्यान्वयनमा लागि सूचना संकलन गर्ने तथा सहयोग गर्ने गराउने बाध्यता छ । कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको समिपमा रहेर काम गर्ने संस्था हो ।  कुनै पनि मुलुकको सरकारको कार्यसफलता कर्मचारीको सक्षमतामा पनि धेरै हदसम्म निर्भर रहन्छ । तसर्थ मुलुक सञ्चालनका लागि आवश्यक कर्मचारी योग्य, दक्ष र निपूर्ण हुनुका अतिरिक्त स्वस्थ पनि हुनुपर्छ । लोक सेवा आयोगले जति स्वतन्त्र, निष्पक्ष, प्रभावकारी तथा वस्तुनिष्ट तवरले कर्मचारी छनोट गर्न सक्दछ । मुलुकको प्रशासनिक संयन्त्र त्यति नै बलियो र प्रभावकारी हुँदै जान्छ ।’

उहाँले आयोगले मुलुकको प्रशासनिक संयन्त्र सञ्चालनका लागि महत्वपूर्ण भुमिका खेलिरहेको उल्लेख गर्दै प्रशंसा गर्नुभयो ।