१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते

एसईईको तह सर्वोच्चमा विचाराधीन

एसईईको तह सर्वोच्चमा विचाराधीन
अ अ+ अ-

कक्षा १२ मा मात्र एसईई परीक्षा गर्नका लागि आदेश दिन गरिएको मागलाई रिट निवेदनको अन्तिम सुनुवाइका क्रममा विचार गरिने सर्वोच्च अदालतले उल्लेख गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले सो माग रिट निवेदनको अन्तिम सुनुवाइ हुने क्रममा विचार गरिने उल्लेख गरेको हो । हाललाई अन्तरिम आदेशबाट सो माग पूरा गर्न नसकिने पनि सर्वोच्चले उल्लेख गरेको छ । यही वर्षदेखि कक्षा दशको अन्तिम परीक्षा आन्तरिक मूल्याङ्कनको आधारमा मात्र लिने गरी व्यवस्था गर्न आदेशको माग गर्दै अधिवक्ता अमिता गौतम पौडेलद्वारा सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो ।

कोभिड–१९ का कारण यो वर्ष कक्षा दशको अन्तिम परीक्षा (एसईई) स्थगित भएको थियो । सरकारले यो वर्ष मात्र सो परीक्षा आन्तरिक मूल्याङ्कनबाट निर्णय गर्ने बताइसकेको छ । सरकारले सो निर्णय गर्नुअघि उक्त रिट निवेदन सर्वोच्चमा दायर भइसकेको थियो । अन्तरिम आदेशबाट सो आदेश दिने वा नदिने भन्ने सम्बन्धमा अदालतले निर्णय गर्नुअघि नै सरकारले यो वर्षको एसईई परीक्षा नलिई आन्तरिक मूल्याङ्कनको आधारमा नम्बर दिने निर्णय गरेको थियो । रिट निवेदनमा भने अबदेखि हरेक वर्ष एसईई परीक्षा नलिई आन्तरिक मूल्याङ्कनको आधारबाट विद्यार्थीलाई नम्बर दिने गरी व्यवस्था गर्न माग गरिएको थियो ।

सर्वोच्च अदालतले यो विषय अब रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गरिने उल्लेख गरेको छ । कानुनमा माध्यामिक शिक्षालाई कक्षा १२ सम्म मानेका कारण एसईई परीक्षा पनि कक्षा १२ मा मात्र हुनुपर्ने रिट निवेदनमा माग गरिएको छ । कानुनमा बोर्डले कक्षा १० र १२ को परीक्षा लिने पनि उल्लेख छ । रिट निवेदनमा कानुन संशोधन गरी कक्षा १२ मा मात्र बोर्डले परीक्षा लिनुपर्ने गरी व्यवस्था गर्नका लागि आदेश दिन माग गरिएको छ । सर्वोच्चको आदेशमा भनिएको छ– ‘रिट निवेदनको विषयवस्तुको सन्दर्भमा मुद्दाको अन्तिम निर्णय हुँदा विचार हुने नै हुँदा निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन ।’

रिट निवेदनको तर्फबाट अधिवक्ताहरू कीर्तिनाथ शर्मा पौडेल, विशालकुमार उपाध्याय, नवराज पाण्डेलगायतले बहस गरेका थिए । नेपाल समाचारपत्र दैनिक