१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्न सक्दैनौँः एमाले



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताउनुभएको छ ।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदलाई लामो समय अनिर्णयको वन्धी बनाउन नसकिने भन्दै रास्वपाले जनताका मुद्दा संसदमा राख्न नदिने काम गरिरहेको बताउनु भयो । उहाँले संसद आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने बताउनु भयो । शोक प्रश्ताव राख्दा पनि वेल घेराउ गरिरहनु शहीदप्रतिको अपमान भएको जिकिर गर्नुभयो । सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भएपनि शोक प्रश्ताव राख्दा समेत विरोध गर्नुले संसदको मर्यादा गिराएको बताउनु भयो । अशोभनीय व्यवहार र प्रवृत्ति संसदमँ देखिनु राम्रो नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा लामो समयसम्म यस प्रकारको अवरोध मात्रै कायम राखिरहने, यस प्रकारको मनशायबाट हिँडिरहने उहाँहरुको कार्यशैलीमा हामी सधैँ अल्झिन सक्दैनौँ । हाउस आफ्नो विधानबमोजिम अघि बढ्छ । आजदेखि हाउस नियमित प्रक्रियाबाट अघि जान्छ । सभामुखज्युले शोक प्रश्ताव राख्दा पनि उहाँहरु वेल घेराउको क्रममा रहनुभयो । त्यो प्रक्रिया सामान्यतया एउटा शोक प्रश्ताव भनेको एउटा सम्मान हो । त्यतिबेला उहाँहरुले आसन ग्रहण गर्नुपर्दथ्यो । वेल घेराउ भनेको त सरकारी बिजनेसमाथिको विरोध हो । सरकारी बिजनेस कार्यसूचिबाट हटिसकेपछि पनि वेल घेराउ गर्ने, प्लेकार्ड बोकेर वेल घेराउमा बस्ने । डायरीले टेबल ठटाउने जस्ता अशोभनीय व्यवहार गर्नुभयो । यस्तो प्रवृत्ति संसदमा देखिनु राम्रो होइन ।’

प्रमुख सचेतक बर्तौलाले संघीय निजामति लगायतका महत्वपूर्ण विधेयकहरु आजको संसद बैठकबाट अघि बढाइने जानकारी दिनुभयो ।




भर्खरै