१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते

सर्लाहीमा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडपमा गोली चल्दा, १५ भन्दा बढी घाईते

सर्लाहीमा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडपमा गोली चल्दा, १५ भन्दा बढी घाईते
अ अ+ अ-

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँगे्रसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १५ जना बढी घाईते भएका छन् ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले झडपमा १५ जना भन्दा बढी घाईते भएका र उनीहरु सबैको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको जानकारी दिए । राती झडपलाई नियन्त्रण गर्ने र घाईतेलाई उद्धार गर्ने काममै केन्द्रित भयौँ, प्रहरी उपरीक्षक पोखरेलले भने, अहिले बिहान ककस्लाई गोली लागेको छ भन्ने पहिचान गर्दैछौँ । उनले झडपमा दुई जना प्रहरी समेत घाईते भएका बताए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार शेल टियर ग्याँस प्रहार गरेको एसपी पोखरेलको भनाई छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले धनकौलको स्थिति सोमवार बिहान सामान्य रहेको बताए । धनकौलका पछिल्लो समय नेकपा र काँगे्रसका कार्यकर्ताबीच पटक–पटक झडपका घटना भइरहेका छन् ।

स्थानीय अन्नपूर्ण चिनी उद्योगबाट चिनी निकासीको विषयमा केही साताअघि मात्रै दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । आइतवार झडप हुनुको कारण भने प्रष्ट भइसकेको छैन् ।
धनकौलमा आइतवार साँझ नेकपाले रामनगरमा भएको हत्याको घटनालाई लिएर र्याली निकालेको थियो । त्यही र्यालीकै क्रममा आइतवार साँझ झडप भएको हो । एक साताअघि रामनगर गाउँपालिका–४, का ६० वर्षीय रामजल यादवको हत्या भएको थियो । यादव नेकपाका स्थानीय नेता हुन् । सो घटनापछि प्रहरीले रामनगर ४ का वडाध्यक्ष रामनरेश महतोलाई हिरासतमा लिएको छ । काँगे्रसले घटनाबारे सबै भन्दा पहिले प्रहरीलाई सूचना दिने वडाध्यक्षलाई बिना कारण राजनीतिक दबाबका आधारमा नियन्त्रणमा लिइएको दावी गर्दै आएको छ भने नेकपाले वडाध्यक्ष महतोसँग बाटो बनाउने विषयमा विवाद भएपछि रामजलको हत्या भएको भन्दै घटना शङ्कास्पद रहेकाले छानबिन गर्न माग गर्दै आएको छ ।

मृतक रामजलका छोराले वडाध्यक्ष लगायत विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएका छन् । हत्याको घटना राजनीतिकरण भइरहँदा रामजलको शव अघिल्ला साताको आइतवारदेखि जिल्ला अस्पतालको शव गृहमा छ । रामजलको हत्या भएको रामनगर गाउँपालिका र आइतवार साँझ झडप भएको धनकौल गाउँपालिका दुवै सर्लाहीको ४ नं। निर्वाचन क्षेत्रमा पर्छ । यहाँ सानो विषयलाई पनि राजनीति रङ्ग दिएर विवादमा परिणत गरिँदै आएको छ । गोरखापत्र दैनिक