१५ असार २०८३, सोमबार
,
Latest
असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा क्षेत्रमा देखिएका समस्याहरुमा विगतको नेतृत्व दोषीः काँग्रेस सांसद भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शिक्षा क्षेत्रमा देखिएका समस्याहरुमा विगतको नेतृत्व दोषी रहेको बताउनुभएको छ ।

शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले समयमै ऐन कानून निर्माण हुन नसक्दा अहिलेका समस्या आइरहेको बताउनुभएको हो । उहाँले पूर्खाहरुले मुलुकभर २८ हजार विद्यालय सञ्चालनमा ल्याएको भएपनि करिव १७ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको स्पष्ट पार्नुभयो ।

सरकारी विद्यालयलाई विश्वास गर्ने वातावरण बन्न नसक्नु सबैभन्दा ठूलो चुनौतिका रुपमा रहेको उहाँको भनाइ छ । शिक्षा प्रणाली राम्रो नहुँदा मुलुकलाई अगाडि बढाउनसमेत समस्या हुने बताउँदै  सांसद भण्डारीले ऐन कानून निर्माणमा गम्भीर बन्न नसक्दा वर्तमानको परिस्थिति सिर्जना भएको उहाँको भनाइ थियो । उहाँले शिक्षकका सेवा सुविधाका कुरासँगै आपूmहरुको कर्तव्यका विषयमा गम्भीर बन्नुपर्ने अवस्था आएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज हामी जे छलफल गरिरहेका छौं । नेपालमा शिक्षा क्षेत्रमा जे समस्याहरु देखिरहेका छन् । विगत पनि दोषी छ विगतको नेतृत्व पनि दोषी छ । जसले समयमा ऐन ल्याउन सकेन, छलफल गर्न सकेन । हाम्रो पूर्खाले हाम्रो देशमा २८ हजार विद्यालय सञ्चालन गरेपनि २८ हजारमा १७ विद्यालयहरु बन्द हुँदैछ । हामी कहाँनेर चुक्यौं त्यो महत्वपूर्ण प्रश्न हो । के कारण हाम्रा बच्चाहरु सरकारी स्कूलमा जाँदैनन् । के कारण सरकारी विद्यालयमा विश्वास गर्दैनन् त्यो सबैभन्दा ठूलो चुनौति हो । यसमा हामी सबैभन्दा पहिले गम्भिर हुनुपर्छ । र, नेपाल सरकारले प्रस्तुत गरेको शिक्षा विधेयकले राम्रो प्रतिनिधित्व गर्नसकेन भनेर शिक्षकहरु आन्दोलनमा आए । हामीले उपसमिति गठन गरेर करेक्सन गर्यौ । मन्त्रालयले सम्झौता गरेर भर्खर पेश गरेको छ । मुलुकको शिक्षा राम्रो भएन भने हामीले मुलुकलाई अगाडि बढाउन सक्दैनौं । आज युवाहरुले भनेजस्तै सूर्यले आपूm जलेर प्रकाश दिन्छ हामी पनि जलौं भनेको हैन । हामी अलि गम्भीर बन्नुपर्छ । हामी गम्भीर बन्न नसक्दा यो परिस्थिति आयो । तर, हामीले अहिले अधिकारका कुरा गरौं ।

शिक्षकले सेवा सुविधाका कुरा गरे तर हाम्रो कर्तव्य के हो हामीले कस्ता विद्यार्थी उत्पादन गर्ने ? म यो शिक्षा क्षेत्रमा बामपन्थी धार, चीनका कुरा ती पाँच वर्ष मुनीको बच्चा कस्तो हुनुपर्छ भन्ने कुरामा कर्तव्यको कुरै गरेनौं । नैतिक शिक्षाको बारेमा, सुरक्षाको बारेमा, अतिथिको बारेमा र स्वयं पाँच वर्ष मूनीका बच्चाले के गर्छ भन्ने विषयमा कहिल्यै छलफल नै गरेनौं । हामीले लगानी त गरौं तर कस्तो शिप दिने त्यसमा हाम्रो गल्ती हो कि ? शिक्षकको गल्ती हो कि ? त्यसतर्फ सोच्नुपर्छ । हामीले यसबारेमा अलि गम्भीर हुनुपर्ने समय आएको छ । त्यसकारण हामी अधिकारका कुरासँगै कर्तव्यको पनि कुरा गरौं । हामीले शिक्षकसँग कुरा गर्दा कर्तव्यको पनि कुरा गरौं ।

५ हजार विद्यालय त्यसै बन्द हुँदैछ अब टिचर नै पाइँदैन भने कसरी सुधार गर्ने ? हामी कहाँनेर चुकिरहेका छौं भन्ने विषयमा निकास दिनुपर्छ । कस्तो अभिभावक, कस्तो समाज बनाउने भन्ने विषयमा हामी आफैंले बनाउने हो । हाम्रो मुलुकलाई कस्तो शिक्षा बनाउने र कुन शास्त्रहरु प्रयोग गर्ने भन्ने विषयमा गम्भीर बन्नुपर्छ । यसमा हामी गम्भीर बनेका छौंजस्तो लाग्दैन । अब हामी राजनीतिक गर्ने शिक्षकलाई हटाउने कि उनीहरुको सेवा सुविधा बढाउने ? हाम्रा धेरै कुरामा कमी,कमजोरी छन् यो सबै जिम्मा राज्यले लिनुपर्छ । अब हामीले यथार्थ धरातलमा पुगेर शिक्षा विधेयक बनाउने विषयतर्फ ध्यान दिनुपर्नेछ ।’

उहाँले आफ्ना कमीकमजोरी सच्याउँदै यथार्थ धरातलमा पुगेर शिक्षा विधेयक बनाउने विषयतर्फ ध्यानदिनुपर्ने बताउनुभयो ।