१५ असार २०८३, सोमबार
,
Latest
ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा वर्षाको कहर, १२ जनाको मृत्यु



अ+ अ-

बेइजिङ । चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । वर्षादको मौसम भएका कारण ठूलो संख्याका मानिसको उद्धार गर्नु पर्ने अवस्था सिर्जना भएको प्रान्तीय अधिकारीहरुले जनाएका छन् । 

सिचुवानको मियानिङ काउन्टीमा भएको भारी वर्षाका कारण पुलहरु र राजमार्गमा क्षति पुग्नुका साथै केही सवारी साधन बाढीले बगाएको छ । 

स्थानीय उद्धारकर्मीका अनुसार मियानिङमा अरु १० जना बेपत्ता भएका छन् भने सात हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

दक्षिणी चीनमा जुन महिना शुरु भएलगत्तै भारी वर्षा भइरहेको र त्यसबाट सिर्जित बाढी र पहिरोले मानिसको मृत्यु हुनेक्रम बढेको छ । विपद व्यवस्थापन मन्त्रालयका अनुसार हालसम्म ७८ जनाको मृत्यु भइसकेको छ । 

मन्त्रालयले धनसम्पत्तिको क्षति, सडक अबरोध र अन्य किसिमका अबरोधका कारण दक्षिणी चीनका झण्डै १ करोड २० लाख मानिस प्रभावित भएको जनाएको छ । मन्त्रालयले करिब ७ लाख २० हजार मानिसलाई सुरक्षित स्थलमा स्थानान्तरित गरिएको बताएको छ ।

बाढी, पहिरोका कारणबाट दक्षिण चीनमा हालसम्म करिब ३ अर्ब ६० करोड डलर बराबरको क्षति पुगिसकेको पनि मन्त्रालयले जनाएको छ । स्थानीय टेलिभिजनमा प्रसारित फुटेजहरुमा पूरै गाउँ र खेती जलमग्न भएको देखिएको छ । 

चोङकिङ महानगरमा पनि पानीको सतह खतराको स्तरभन्दा झण्डै पाँच मिटर माथि देखिएको छ, र यो पछिल्ला वर्षको उच्चत्तम रेकर्ड हो । 

चीन सरकारले बाढी पीडित नागरिकको उद्धार र राहतका लागि ठूलो बजेट विनियोजन गरेको जनाएको छ ।