१५ असार २०८३, सोमबार
,
Latest
ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरीरमा कोरोना भाइरस फैलाउने वंशाणु पत्ता लाग्यो



अ+ अ-

न्युयोर्क । वैज्ञानिकहरुले शरीरमा कोरोना भाइरस फैलाउन जिम्मेवार वंशाणु पत्तालागेको दावी गरेका छन् । कोरोना भाइरसका बारेमा विस्तृत जानकारीको खोजमा रहेका वैज्ञानिकहरुले जीन एडिटिंग टुलको मद्दतमा उक्त उपलब्धी हासिल गरेको हो ।

यसबाट ती जिनका बारेमा खोज गरियो, जसले कोराना भाइरसलाई शरीरमा फैलाउन वा अड्डा जमाउन मद्दत गर्दछ ।
उक्त अध्ययनमा वैज्ञानिकहरुले केही जीनलाई अफ्रिकन हरियो प्रजातीको बांदरको कोषमा राखेका थिए ।

फेरी त्यसलाई कोरोना भाइरसबाट संक्रमित गरे । त्यसपछि कुन वंशाणुले भाइरस फैलाउन मद्दत गर्छ र कुन वंशाणु त्यसको विरुद्ध लड्ने एन्टी भाइरल हो भन्ने अध्ययन गरिएको थियो ।वैज्ञानिकहरुले यसको मद्दतबाट मानव शरीरमा यो भाइरसले कसरी असर गर्छ पत्ता लाग्न सक्ने बताए ।

यसले सिधै उक्त जिन वा कोषलाई निसाना बनाउने र भाइरसलाई रोक्न सक्ने प्रभावकारी खोप बनाउन मद्दत पुग्ने बताइएको छ ।अध्ययनमा भाइरसले शरीर भित्र आफुलाई बृद्धी हुन ती वंशाणुको प्रयोग गर्ने तरिका निरिक्षण गरिएको थियो ।

यसमा प्रोटिनको भुमिका अहम मानिएको छ । यसको एक रुप भाइरस बढाउन र अर्को भाइरससँग लड्नमा मद्दत गरिरहेको देखियो । अध्ययन अनुसार एसीई २ रिसेप्टर र क्याथेप्सिन एल प्रोटिन इन्फेक्सनलाई फैलाउनमा मद्दत गर्छ । हिस्टो प्रोटिनले यसलाई बढ्नबाट रोक्ने प्रयास गर्छ ।यो अध्ययन येल स्कुल अफ मेडिसिन, बोर्ड इन्स्टिच्युट र एमआईटी र हाभर्ड युनिभर्सिटी मिलेर गरेको हो ।