११ श्रावण २०८३, सोमबार
,
Latest
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिरमहको उत्पादन घट्यो



अ+ अ-

म्याग्दी । म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् ।

अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपाली २०० लिटर मात्र मह उत्पादन भएको बताउनुभयो । पाइजाको टोलीले स्वाँत गाउँ नजिकै रहेको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह सिकार गरेका थिए ।

हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले उत्पादन कम भएको पाइजाले बताउनुभयो । म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाको लेकाली क्षेत्रमा भिरपहरामा जेठ महिनामा मह सिकार गर्ने चलन छ ।

वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । गत वर्ष दुई हजार लिटर मह निकालेको धौलागिरि गाउँपालिका–२ खोरीयाका मह सिकारी मोतीप्रसाद पाइजाको टोलीले यस वर्ष ५०० लिटर मात्र निकालेको छ ।

धौलागिरिको गुुर्जा, मुदी, रघुगङ्गाको चिमखोला, कुइनेमङ्गले, अन्नपूूर्णको हिस्तानमा रहेका भिरमा मह सिकार गर्न गएका सिकारी टोलीहरुले पनि मह उत्पादन घटेको बताएका छन् । खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बीच भागमा भिरमौरीको वासस्थान हुन्छ । वनजङ्गलमा फुल्ने फूल भिरमौरीको आहरा हो । हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइँसराइ गर्छन् ।

डोरीको सहायताले डरलाग्दो भिरमा झुन्डिएर निकालिने भिरमह प्रतिलिटर रु तीन हजारदेखि रु तीन हजार ५०० का दरले भिरमह बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवद्र्धक मानिने भिरमह धार्मिक कार्यका लागि पनि प्रयोग हुुन्छ ।

विदेश गएका र सहरमा बस्नेहरुले भिरमह कोसेलीका रुपमा लैजाने गर्छन् । भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी ९पराङ० मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टी रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

महको चाका वरिपरि मौरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिए पछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पु¥याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुवाँ झोस्न सुरु गर्छन् मौरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।

मौरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ ।