९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ



अ+ अ-

सङ्खुवासभा। जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालबाट फोटो, भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गरेकाले उनीहरूलाई विद्युतीय अपराधअन्तर्गत पक्राउ गरिएको हो ।

षडानन्द नगरपालिका–१ का २९ वर्षीय सुजन भुजेल र सोही ठाउँमा २१ वर्षीय बिपल राई उपर उजुरी परेकाले उनीहरूलाई सदरमुकाम खाँदबारीबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका भुजेल र राईमाथि सङ्खुवासभा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा विद्युतीय अपराधमा यो वर्ष तीन जना पक्राउ परिसकेका छन् ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले कसुरमा पाँच वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । रासस