११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

संसदीय समितिमा उठ्यो विदेशस्थित नेपाली राजदुत र कुटनीतिक नियोगहरूमाथि प्रश्न

संसदीय समितिमा उठ्यो विदेशस्थित नेपाली राजदुत र कुटनीतिक नियोगहरूमाथि प्रश्न
अ अ+ अ-

काठमाडौँ । संसदीय समितिका सदस्यहरूले विदेशस्थित नेपाली राजदुतहरू र कुटनीतिक नियोगमाथि प्रश्न उठाएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो प्रश्न उठाएका हुन् ।

बैठकमा नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले विदेशस्थित नेपाली नियोग र राजदुतहरूको कार्यक्षमतामाथि प्रश्न उठाउनु भयो । उहाँले वैतनिक र अवैतनिक दुवै किसिमका नियोगहरूबाट ठोस उपलब्धि के प्राप्त भएको हो भन्ने विषयमा सरकारसँग जवाफ माग्नुभयो । उहाँले नियोगमा खटिने व्यक्तिहरूलाई तालिम दिइन्छ कि दिइँदैन भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले उनीहरूलाई चेक लिस्ट दिइन्छ वा दिइँदैन भन्ने प्रश्न गर्दै सरकारले समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । सांसद आचार्यले विदेशस्थित नेपाली राजदुतहरूको कार्यसम्पादनको मूल्याङ्कनको बारेमा स्पष्टता समेत खोज्नुभयो । उहाँले आर्थिक विकासका लागि सहयोग जुटाउने, श्रमिकको सुरक्षा गर्ने, तथा अन्तर्राष्ट्रिय फोरमहरूसँग सहकार्य गर्ने विषयमा पनि राजदुतहरूको भुमिका स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “विदेशमा बसेका हाम्रा जति पनि नियोगहरू छन्, वैतनिक, अवैतनिक खालका छन् । कसैलाई त हामी अवैतनिक दूतको रूपमा पनि नियुक्त गरेका छौँ । उनीहरूले के के गर्दै छन् ? त्यसको उपलब्धिहरू के प्राप्त भएको छ ? हामीले उनीहरूलाई तालिम दिएर पठाउँछौँ कि पठाउँदैनौ ? वा कामको चेक लिस्ट दिएर पठाउँछौँ कि पठाउँदैनौ ? र त्यो चेक लिस्टको आधारमा के के सम्पन्न भयो हामी समीक्षा गर्छौ कि गर्दैनौँ ? जति पनि देशमा हामीले राजदुतहरू पठाएका छौँ, उनीहरूको उपलब्धि के छ ? प्रयत्नहरू कस्तो भइरहेको छ ? सफल छ कि छैन ? चेक लिस्टको आधारमा कसरी मार्किङ गरिरहेका छौँ ? इकोनिमीक डेभलपमेन्टको लागि सहयोग प्राप्त गर्ने ? हाम्रा श्रमिकहरूको रक्षा कसरी गर्ने ? वा अरू विभिन्न खालका फोरमहरूमा उनीहरूसँग सहयोग कसरी लिने ? लगायतका कुराहरूमा के कस्ता भइरहेको छ भन्ने मेरो प्रश्न हो ।” 

समिति बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि विदेशस्थित नेपाली द्तावासहरूको कामप्रति गम्भीर प्रश्न उठाउनु भयो । उहाँले विभिन्न देशहरूमा कार्यरत नेपाली राजदुतहरूबारे टिप्पणी गर्दै उनीहरू सुतेर बसेको जस्तो देखिने आरोप लगाउनु भयो । साहले विदेशस्थित नेपाली दुतावासहरूबाट अपेक्षित काम नदेखिएको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारमा गएका नेपाली कामदारको सुरक्षामा समेत दूतावासहरू चुकिरहेको आरोप लगाउनुभयो । साथै, उहाँले राजदूतहरू अयोग्य भएको योजनाविहीन बनाइएको हो भन्ने विषयमा सरकारको जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो राजदूतहरू विभिन्न देशहरूमा छन्, उनीहरू सुतेर बसेको जस्तो देखिन्छ । ती अयोग्य हुन कि तिनीहरूमा योजना छैन ? योजना छैन भने परराष्ट्र मन्त्रालय के गरेर बसेको छ ? योजना दिइएको छ भने ती राजदूतहरू किन काम गर्दैनन् ? ती देशहरूमा हाम्रा कामहरू छन्, यत्तिकै दूतावास त खोलिएको छैन । यदि दूतावास कामकै लागि खोलिएको हो भने काम त केही पनि देखिँदैन । एउटा कामदार नेपालीको रक्षा र सुरक्षा गर्न नसक्ने, ती राजदुतहरूलाई के भन्नेबारे प्रश्न आउँछ । त्यसैले हामीले अयोग्य राजदुत छानेका छौँ कि, योजनाविहीन बनाएका छौँ यस विषयमा पनि प्रस्ट पार्न आग्रह गर्न चाहन्छु ।”  

समिति बैठकमा एमालेकी सचेतक सुनिता बरालले पनि वैदेशिक नियोगमा कार्यरत नेपाली राजदुतहरूको व्यवहार र उपस्थितिमाथि गम्भीर टिप्पणी गर्नुभयो । उहाँले केही राजदुतहरूको कार्यशैलीले देशको प्रतिष्ठामाथि असर पारिरहेको बताउनुभयो । उहाँले देशबाट ठूलो अपेक्षा गरेर राजदुतहरू पठाउने गरिए पनि कतिपय स्थानमा औपचारिक पोशाक लगाएर उपस्थित हुने मामिलामा पनि कन्जुस्याइँ गरेको देखिएको बताउनु भयो । सांसद बरालले राजदुतहरूको उपस्थिति र प्रतिनिधित्व शैलीले नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले सरकारको आर्थिक कूटनीति योजनामाथि प्रश्न उठाउँदै स्पष्ट योजना, जिम्मेवारी र अनुगमनसहित दुतावासहरूलाई अझ प्रभावकारी बनाउने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले देशबाट यति धेरै अपेक्षा गरेर राजदूतहरू पठाउँछौँ, यहाँबाट मन्त्रीहरूको भिजिट हुँदासम्म राजदुतहरूको उपस्थिति अनौपचारिक रूपमा जस्तो देखिन्छ । कतिपय ठाउँमा त फर्मल ड्रेस लगाएर उपस्थित हुने कुरामा पनि उहाँहरूले कन्जुस्याइँ गरेको देखेँ । हामीले त्यो देशमा पठाएका राजदुतहरूको उपस्थिति वा प्रतिनिधित्वको कस्तो छ स्केच भन्ने कुराले त्यो देशमा हाम्रो देशको प्रभावलाई स्थापित गर्छ ।  त्यस कारण हाम्रा नियोगहरूले कसरी काम गर्दै छन् भन्ने कुराको यो उदाहरण हे¥यौ भने इकोनोमिक डिप्लोमेसीको जुन प्लानिङ हामी गरिरहेका छौँ, त्यहाँ सक्सेस हुन कति अप्ठ्यारा छन् होला भन्ने कुरा लेयर अफ प्रबलम हामीले थाहा पाउन सक्छौँ, त्यस कारण यसमा केही स्पेसिफिक भएर व्यवस्थित योजना बनाएर काम गर्नुपर्ने अनुभुति मलाई छ ।”

शुक्रवारको समिति बैठक वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गर्न बोलाइएको थियो । वैदेशिक कुटनीति र दुतावासहरूको भुमिकामाथि सांसदहरूको प्रश्न र टिप्पणीले सरकारको कुटनीतिक संरचनामै गम्भीर प्रश्न उठाएको छ ।