३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो



file photo
अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ ।

गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरुलाई शुक्रबार डिल्लीबजार कारागार पठाइएको हो ।

प्रसाईंसहित कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेतलाई डिल्लीबजार कारागार पठाइएको छ ।

बिहीबार राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहितका ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।