२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले पत्रकारितामा साँचो र झुटो छुट्याउन गाह्रो भइरहेको छः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचना, वाक स्वतन्त्रता र प्रेसलाई व्यवहारिक बनाउन संसदमा कानून निर्माण भइरहेको बताउनुभएको छ ।

ललितपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूचनाको हक, वाक स्वतन्त्रताको हक, प्रेसलाई व्यवहारिक बनाउन अहिले पनि केही कानूनहरु संसदमा छलफलका क्रममा रहेको जिकिर गर्नुभयो । उहाँले कानूनलाई छिटै व्यवहारिक रुपबाट निर्णयमा पु¥याउने र कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनु भयो । अहिले पत्रकारितामा के साँचो र के झ्टो भन्नेकुरा छुट्याउन कठिन भइरहेको जिकिर गर्नुभयो । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहरुमा चुनौति आइरहेका पनि बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘सूचनाको हक, वाक स्वतन्त्रताको हक, हाम्रो प्रेसलाई व्यवहारिक बनाउने अहिले नै पनि विभिन्न कानूनहरु हाम्रो संसदमा नेपालको सन्दर्भमा आइरहेका छन् । ति कानूनलाई छिटै व्यवहारिक रुपबाट निर्णयमा पु¥याउने र निर्णय कार्यान्वयन गर्नको लागि पनि, सरकारको नियन्त्रणमा नरहोस् भन्नका लागि आवश्यक हुन्छ । अहिले पत्रकारितामा के साँचो हो र के झुटो हो ? भन्नेकुरा छुट्याउन गाह्रो भइरहेको छ । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहरुमा आइरहेका चुनौतिमा आर्थिक समस्याको समाधान गर्नको लागि पुरानो प्रणालीमा रहेको पत्रकारिता रेडियो नेपाल वा अखबारी प्रेसमा छापिने कुराहरुसँग अहिले एआई जस्ता अहिलेको प्रविधिले गर्दा यसले सच्चाई के हो भन्ने बुझ्न सच्चाई कुराहरु लैजान गाह्रो परिरहेको बेलामा राज्यले यस्ता कुराहरुको संरक्षण गर्न आवश्यक नीति बनाउनु पर्छ ।’

सभामुख घिमिरेले सञ्चारमाध्यमले आफ्नो मातृभाषाको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको पनि बताउनु भयो ।