१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

कोरोनाबाट विदेशमा १३० नेपालीको मृत्यु, संक्रमितको संख्या अझै बढ्दो

कोरोनाबाट विदेशमा १३० नेपालीको मृत्यु, संक्रमितको संख्या अझै बढ्दो
अ अ+ अ-

काठमाडौं । कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन्। नेपालमा मृत्यु हुने २९ जनाको तुलनामा यो झन्डै पाँच गुणा बढी हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएको जनाएको छ। संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक डा। सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ। त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १÷१ जना छन्। यस्तै अन्य मुुलुकमा तीन जनाको ज्यान गएको छ। यसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ छ। वैदेशिक रोजगार बोर्डले दुई साताअघि सार्वजनिक गरेको तथ्यांक हो यो। त्यसपछि बोर्डले नयाँ तथ्यांक निकालेको छैन।

बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले कम्पनी र बासस्थानमा जनघनत्व बढी भएकाले नेपाली कामदार बढी प्रभावित रहेको बताए। कोरोनाबाट ज्यान गुमाउनेको तथ्यांक परराष्ट्र मन्त्रालयले अध्यावधिक नगरेकाले यो संख्या थपघट हुन सक्ने सूचना अधिकारी सुवेदीको भनाइ छ। उनले कोरोना विश्वव्यापी महामारी भएका कारण सावधानी अपनाउँदा पनि लाग्ने गरेको बताए। ‘कोरोनाबाट सुरक्षित रहँदारहँदै पनि वैदेशिक रोजगारीमा रहेका नेपाली संक्रमित भएका छन्’, उनले भने, ‘कोरोना लागेपछि आइसोलेसनमा बसेर घर फर्केका पनि छन् र केहीले ज्यान गुमाएका छन्।’

डा. सापकोटाका अनुसार पछिल्लो साता विभिन्न मुलुकमा रहेका नेपालीमध्ये कसैले पनि ज्यान गुमाउनु परेको छैन। संक्रमणको त्रास कायमै रहेकाले सावधानीका उपाय अपनाउनुपर्नेमा सुझाव उनले दिए। ‘खतरा अझै टरेको छैन’, उनले भने, ‘सावधानीका लागि मास्क लगाउने, मुख छुनुभन्दा अघि हात साबुनपानीले धुने, अपरिचित व्यक्तिसँग टाढैबाट भलाकुसारी गर्नुपर्छ।’

संक्रमितको संख्या बढ्दो

विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण दर बढ्दो देखिएको छ। विभिन्न मुलुकमा गरी २६ हजार २ सय २७ जना नेपाली संक्रमित भएका छन्। यसमध्ये करिब ७० प्रतिशत अर्थात् १८ हजार ७ सयभन्दा बढी निको भएर घर फर्किएका छन्। कतारमा कोरोनाबाट ९२ हजार जना प्रभावित भएका छन्। त्यसमध्ये २० प्रतिशत नेपाली छन्। कतारमा १८ हजार ४ सय नेपाली संक्रमित भएको संघको दाबी छ। दक्षिण अफ्रिकामा यसै साता पहिलो पटक पाँच नेपालीमा कोरोना भेटिएको छ। यसअघि अफ्रिकी मुलुकमा १० जना नेपालीमा संक्रमण देखिएको संघले जनाएको छ। त्यस्तै, बंगलादेशमा १५ र भारतमा १ सय ५० जना संक्रमित रहेको पुष्टि भएको छ।

संघका अनुसार अमेरिकामा १ हजार ६ सय, बेलायतमा १ हजार २ सय २१, साउदी अरबमा ६ सय ७४, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४ नेपाली संक्रमित छन्। यस्तै मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानडामा १३, अस्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्यान्डमा ५ जना संक्रमणको सिकार भएका छन्। जर्मनीमा ४, फिनल्यान्डमा ४, साइप्रसमा ३, न्युजिल्यान्डमा ३ नेपाली संक्रमित भएका छन्। माल्टा, हङकङ, पोल्यान्डमा २÷२, म्यानमार र फ्रान्समा १÷१ जना संक्रमित भएका छन्। पछिल्लो समय धेरै नेपाली कार्यरत कतार, साउदी अरब, बहराइन र यूएईमा महामारी फैलिएको छ। त्यहाँ रहेका नेपाली कामदारबीच झनै त्रासको वातावरण बनेको छ।

चीनको वुहानमा सन् २०१९ डिसेम्बरमा देखिएको कोरोना भाइरस ९कोभिड–१९० २ सय १० मुलुकमा फैलिएको छ। कोरोनाका कारण विश्वभर ५ लाख ५ हजार जनाले ज्यान गुमाएका छन्। १ करोड २ लाख ७५ हजारभन्दा बढी संक्रमणको चपेटामा छन्। वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया तथा खाडी मुलुकमा करिब १८ लाख नेपाली श्रमिक कार्यरत छन्। वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी वैदेशिक रोजगारीमा पुगेको तथ्यांक छ। १ सय १० देशमा नेपालीको बसोबास भए पनि कतिपयमा कूटनीतिक नियोग र एनआरएनको राष्ट्रिय समन्वय समिति छैन। यसले गर्दा कोरोना प्रभावित नेपालीको यकिन विवरण आउन सकेको छैन। परराष्ट्र मन्त्रालयले कोरोनाका कारण मृत्यु हुने र संक्रमणमा पर्ने नेपालीको तथ्यांक राख्न नसकेको स्रोतले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार कोरोनाको पूर्ण विवरण लिन सकिएको छैन। विदेशमा बस्ने नेपाली मूलका व्यक्तिको ज्यान गएको भए पनि तीमध्ये धेरै नेपाली नागरिक नभएको स्रोतले जनाएको छ। नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ। निको भएर घर फर्किएका संख्या ३ हजार १ सय ३४ छ। अन्नपुर्णपोष्ट दैनिक