विभिन्न कारण ज्यान गुमाई लकडाउनले गर्दा अड्किएका ८९ शव नेपाल ल्याइएको बोर्डले जनाएको छ। कतारबाट २०, साउदी अरबबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, यूएईबाट ५, बहराइनबाट ३ र ओमानबाट १ जनाको शव नेपाल ल्याइएको हो। यसबाहेक १ सय २० जनाको शव अझै विभिन्न मुलुकमै छन्। कोरोना कहरका कारण विदेशमा अलपत्र परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्किएका छन्। जेठ २२ देखि असार १३ गतेसम्म विभिन्न मुलुकबाट उनीहरूलाई ल्याइएको हो।
कुवेतबाट २ हजार २, यूएईबाट २ हजार १७, साउदी अरेबियाबाट १ हजार २ सय १८, मलेसियाबाट ९ सय २१, बंगलादेशबाट ८ सय १५, कतारबाट ६ सय ३८, माल्दिभ्सबाट ६ सय ४, जापानबाट ४ सय ९२, अस्ट्रेलियाबाट २ सय ६९, बहराइनबाट ४ सय २०, थाइल्यान्डबाट ३ सय २६ जना फर्किएका कोभिड–१९ नियन्त्रण व्यवस्थापन समितिले जनाएको छ। त्यस्तै, ओमानबाट ३ सय १३, अमेरिकाबाट ४ सय ८३, दक्षिण कोरियाबाट २ सय २८, सिंगापुरबाट १ सय ४६, बेलायतबाट २ सय २९, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना फर्किएका छन् । अन्न्पुर्णपोष्ट दैनिक