६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

को बन्ला नयाँ आईजी ?



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो । धेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी०बाटै बन्नेछन् । वर्तमान आइजिपी ज्ञवालीसमेत सिधै डिआइजीबाटै आइजिपी भएका थिए । ज्ञवालीको अवकाशसँगै अबको प्रहरी प्रमुखका लागि एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल प्रतिस्पर्धामा छन् । दुई एआइजीमध्ये एक जना महानिरीक्षक बन्नेछन् । नेपाल प्रहरीमा थापा र पालका अलावा तारणीप्रसाद लम्साल पनि एआइजी हुन् । तर, उनी पनि आइजिपी ज्ञवालीसँगै २४ असारमा नै अनिवार्य अवकाश हुने भएकाले थापा र पालमध्येबाट एक जना आइजिपी बन्ने भएका हुन् ।

हाल एआईजीको वरीयतामा लम्साल पहिलो नम्बरमा छन् । थापा दोस्रो र पाल तेस्रो नम्बरमा छन् । नेपाल प्रहरीमा एआइजीका दरबन्दी तीन वटा मात्रै छन् । प्रहरी संगठनमा एकै मितिमा प्रवेश गरेका थापा र पाल दुवैले संगठनभित्र कुशल तथा व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका छन् । उनीहरू दुवै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । थापाले डिआइजी रहँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखका रूपमा रहेर राजधानीको सुरक्षाको नेतृत्व सम्हालिसकेका छन् । उनले दुई पटकसम्म प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका छन् । त्यसअघि इन्सपेक्टर, डिएसपी, एसपी, एसएसपी हुँदै डिआईजी हुँदासमेत थापाले पटक पटक प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर अनुभव बटुलेका छन् ।

थापाले एसपी हुँदा झापा, कास्की र धादिङ जिल्लाको कमान्ड सम्हालेका थिए । हाल उनी मानव स्रोत एवं प्रशासन विभागका प्रमुख छन् । यसैगरी, भावी प्रहरी प्रमुखको दाबेदारका रूपमा रहेका पालले डिएसपी रहँदा डडेल्धुरा र नुवाकोटको कमान्ड सम्हालेका थिए भने एसपी हुँदा कास्की, रूपन्देही र धनुषाको कमान्ड सम्हालेका थिए । यस्तै, एसएसपी हुँदा अञ्चल प्रहरी कार्यालय कोसीमा रहेर उनले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । यसैगरी, पालले डिआईजी हुँदा प्रदेश २ को प्रहरी प्रमुख र विशेष ब्युरोलगायतमा नेतृत्व गरिसकेका छन् । हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुखका रूपमा कार्यरत छन् ।

प्रहरी निरीक्षक हुँदा वडा प्रहरी कार्यालय बौद्ध, धनगढी प्रहरी कार्यालय र राजधानीको भृकुटीमण्डपमा रहेको तत्कालीन नगर प्रहरी कार्यालयको नेतृत्व गरेको अनुभव पालसँग छ । उनीसँग राजधानीभन्दा बढी बाहिरी जिल्लाको नेतृत्व गरेको अनुभव छ । थापा र पाल दुवै प्रहरी संगठनभित्र निष्कलंक छवि बनाएका प्रहरी अधिकारीका रूपमा चिनिँदै आएका छन् । दार्चुलाका पालले सुदूरपश्चिमबाटै सेवा सुरु गरेका हुन् भने भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा सुरु गरेका हुन् । यस बीचमा पाल दुई र थापा तीन देशमा मिसनमा समेत गएका छन् । पाल पूर्वी टिमोर र इराक गएका थिए भने थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा खटिएका थिए । प्रहरी संगठनभित्र थापालाई योजना बनाउन सक्ने, अनुभवी तथा जस्तासुकै परिस्थितिसँग नआत्तिने, बौद्धिक र परिपक्व अधिकृतका रूपमा लिने गरिन्छ । अर्का एआइजी पाल प्रहरीभित्र अप्रेसन, सहकार्य र कमान्डको नेतृत्वमा दक्ष मानिन्छन् ।

नयाँ आइजी नियुक्तिको मिति नजिकिँदै जाँदा सरकारले समेत सोबारे तयारी थालेको छ । सरकारका एक मन्त्रीले नयाँ महानिरीक्षक आउने प्रक्रिया स्वाभाविक भएको र यसपटक पहिले जस्तो फोहोरी खेलसमेत नहुने बताए । ‘नयाँ महानिरीक्षक यसपटक एआइजीमध्येबाटै बन्ने पक्का छ, पहिले जस्तो फोहोरी खेल हुँदैन । व्यावसायिक प्रहरी अधिकृत नै महानिरीक्षक बन्नेछन्,’ ती मन्त्रीले भने । आइजिपीको दाबेदारका रूपमा रहेका एआइजी थापा र पाल दुवै संगठनको मर्यादा जोगाउँदै भावी नेतृत्वलाई स्विकार्ने बताउँछन् । ‘नेतृत्वमा जो आए पनि प्रहरी संगठनको साख र मर्यादालाई कम हुन दिँदैनौं । यो स्वाभाविक प्रक्रिया हो, संगठनको गरिमामा आँच आउने काम हुन दिन्नौं,’ आइजिपीका दाबेदार थापाले भने ।

अर्का दाबेदार पालले समेत संगठनको गरिमा र उचाइलाई बचाउने गरी आफूहरू अघि बढिरहेको बताए । ‘संगठनको उचाइ र गरिमालाई कम हुन दिँदैनौं । नेतृत्वमा जो आए पनि मिलेरै अघि बढ्ने हो,’ प्रहरी प्रमुखका दाबेदार एआइजी पालले भने । दुईमध्ये प्रहरी प्रमुखको नेतृत्वमा जो आए पनि उनीहरूको अवधि १८ वैशाख २०७९ सम्मका लागि हुनेछ । राजधानी दैनिक




भर्खरै