९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा ७ सहित गण्डकीमा १७ संक्रमित थपिए, कुल ९६६



अ+ अ-

पोखरा । मंगलबार पोखरामा ७ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमित १७ जना थपिएका छन् । यो सगै संख्या ९६६ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा १७ जनामा मंगलबार बिहान कोरोना पुष्टि भएको हो ।

तनहुँको ब्यास नगरपालिकाका ३ पुरुष र २ महिला, स्याङ्जाको पुतलीबजारका १ पुरुष, लमजुङको बेसिसहर नगरपालिका, मध्य नेपाल गाउँपालिका र मर्स्यांङ्दी गाउँपालिकाका १ र १ महिनामा कोरोना पुष्टि भएको छ ।

यसैगरि कास्कीको मादी गाउँपालिकाका १ पुरुष, पोखरा महानगरपालिकाका ६ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २१४ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाले २ पुरुषको मृत्यु भएको छ ।