२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण



फाइल फोटो
अ+ अ-

कालीकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री वितरण गरेको छ ।

मौरीपालन व्यवसायलाई व्यवसायिक र आधुनिकीकरण गर्ने उद्देश्यले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री वितरण गरिएको हो ।

गाउँपालिकाको उद्योग विकास शाखाद्वारा सञ्चालित ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तर्गत १० जना मौरीपालक किसानलाई आवश्यक आधुनिक प्रविधि तथा सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा मौरीपालन व्यवसाय गर्दै आएका १० जनालाई मौरीपालन व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन विभिन्न सामग्री वितरण गरिएको उद्योग विकास शाखा प्रमुख दीपेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।

“१० थान मुडे टोपी, १० जोडी पञ्जा, १० वटा ब्रस, ३० वटा क्विनगेट, १० वटा आधुनिक मौरी घार, २५० ग्रामका ३० थान मैनपाता, २० वटा मौरी झोला र ३० वटा रानी पिँजडा वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “यस्ता सामग्रीले मौरीपालन व्यवसायलाई आधुनिक तथा व्यावसायिक बनाउन सहयोग पुग्ने छ ।”

गाउँपालिकाको उद्योग शाखाले उद्यमशीलता विकास र आयआर्जन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नरहरिनाथ गाउँपालिका-३ का वडाध्यक्ष कटकबहादुर बुढा बताउनुभयो ।

“मौरीपालन ग्रामीण क्षेत्रका लागि सम्भावना बोकेको व्यवसाय भएकाले प्राप्त सामग्रीको सदुपयोग गरी उत्पादन वृद्धि तथा आम्दानी बढाउन सकिनेछ”, उहाँले भन्नुभयो, “गाउँपालिका मौरीपालनका लागि उपयुक्त क्षेत्र पनि हो । त्यसैले मौरीपालन व्यवसायका लागि प्रवर्द्धन गर्दै आएका छौँ ।”

आधुनिक मौरी घार तथा अन्य आवश्यक सामग्री प्राप्त हुँदा व्यवसाय सञ्चालनमा सहजता आउने मौरीपालक किसान धना बटालाले बताउनुभयो ।

उहाँले गाउँपालिकाले उपलब्ध गराएको सहयोगले मौरीपालन व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको बताउनुभयो । रासस