४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा ७ सहित गण्डकीमा १७ संक्रमित थपिए, कुल ९६६



अ+ अ-

पोखरा । मंगलबार पोखरामा ७ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमित १७ जना थपिएका छन् । यो सगै संख्या ९६६ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा १७ जनामा मंगलबार बिहान कोरोना पुष्टि भएको हो ।

तनहुँको ब्यास नगरपालिकाका ३ पुरुष र २ महिला, स्याङ्जाको पुतलीबजारका १ पुरुष, लमजुङको बेसिसहर नगरपालिका, मध्य नेपाल गाउँपालिका र मर्स्यांङ्दी गाउँपालिकाका १ र १ महिनामा कोरोना पुष्टि भएको छ ।

यसैगरि कास्कीको मादी गाउँपालिकाका १ पुरुष, पोखरा महानगरपालिकाका ६ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २१४ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाले २ पुरुषको मृत्यु भएको छ ।