१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउन सक्दैन, आन्दोलन जारी छः कमल थापा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनस्र्थापनाको आन्दोलनको जारी रहेको बताउनुभएको छ ।

राजा महेन्द्रवीरविक्रम शाहदेवको १०५ औ जन्म जयन्तीको अवसरमा राप्रपा नेपालको राजनीतिक विभागले बिहीवार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा स्व. श्री ५ महेन्द्रको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कतिपयलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा रहेको बताउँदै केही व्यक्ति विशेषले चाहँदैमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउने नसक्ने बताउनु भयो । उहाँले आन्दोलन असफल भएको वा तुहिएको भन्ने नसोच्न समेत आग्रह गर्नुभयो । अध्यक्ष थापाले केही कमी,कमजोरीहरू रहे पनि त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडी बढाउने र निर्णायक अवस्थामा पु¥याउनेतर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउने जिकिर गर्नुभयो । उहाँले छ । जनआन्दोलन समितिमा रहेका दल र समूहहरू एकतावद्ध रहेको बताउँदै उक्त एकतालाई कसैले चाहेर पनि टुटाउन नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “कतिपय साथीहरूलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा छ । आन्दोलन अब असफल भएको हो कि, तुहिएको हो कि भन्ने चिन्ता रहेको हामीले पाएका छौँ । म बढो विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, केही व्यक्ति विशेषले चाहँदैमा, नचाहँदैमा अब यो जनताको परिवर्तनको चाहानालाई कसैले तुहाउन सक्दैन । आन्दोलन जारी छ । हाम्रा केही कमीकमजोरीहरू रहे, त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडी बढाउने र निर्णायक अवस्थामा पु¥याउने तर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउँछ । कोही कसैलाई भ्रम पनि नहोस् । यो संयुक्त जनआन्दोलन समितिमा रहेका केही दल र केही समूहहरू बिस्तारै अलग हुन थालेको हो कि, निष्क्रिय हुन थालेको हो कि, सम्पूर्ण यो आन्दोलन समितिमा रहेका दल र समूह रु एकतावद्ध रहेका छन् । यो एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन । त्यो अहिलेको यथार्थ हो ।”

उहाँले परिवर्तन चाहने राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरूलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।