११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक

शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ ।

बिहीवार नेपाल शिक्षक संघको २४ औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शिक्षक आन्दोलनको स्मरण गर्दै शिक्षकले विद्यालय र कक्षा कोठामा मात्र नभई सडकमा समेत कसरी प्रश्तुत हुनुपर्छ भनेर विद्यार्थीलाई पाठ सिकाएको बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुले उठाएको माग सम्बोधन गर्ने विषयमा एकमत रहेको र सहमति र सम्झौताबमोजिम शिक्षा विधेयक पारित गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलभन्दा पनि केही व्यक्तिहरु नियोजित ढंगले राजनीतिक पूर्वाग्रह राखेर सदन अवरोध भइरहेको बताउनु भयो । उहाँले सदन सुचारु गर्ने विषयमा छलफल भइरहेकोले सम्झौताअनुसार असार १५ गते नै शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरुले सडकमा आफ्ना मागहरु उचाल्दै गर्दा हाम्रा पूर्वज र हामीले स्थापना गरेको संघीय गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था र सोही अनुरुप निर्माण गरिएको संविधानलाई नै फेर्ने र फेरि प्रतिगमनतर्फ जाने हिसावले सडकमा आवाज उठीरहेको थियो । शिक्षक आन्दोलनले कुन रुप लिन्छ भन्ने लागिरहेको थियो तर तपाईहरुको आन्दोलन लोकतान्त्रिक, संयमित ढंगले अघि बढेको देख्दा तपाईहरुलाई धन्यवाद दिन चाहन्छु । शिक्षकहरुले विद्यार्थीहरुलाई विद्यालय र कक्षा कोठा भित्रमात्र पढाएका छैनन् । सडकमा पनि कस्तो हुनुपर्छ भनेर शिक्षा दिएका छन् । तपाईहरुले विद्यालय र कक्षा कोठामा मात्र हैन सडकमा उभिएर पनि आफ्ना मागहरु कसरी राखिन्छ, सरकारको ध्यानाकर्षण कसरी गरिन्छ भनेर वर्तमान र आउने पुस्तालाई पनि सिकाउनु भएको छ । तपाईंहरुले सरकारसँग सहमति गर्नुभएको छ । आज कार्यक्रमका प्रमुख अतिथि माननीय शेरबहादुर देउवाले पटक पटक विदेशमा भएको समयमा पनि शिक्षकहरुको आन्दलोलन के भइरहेको छ भनेर सोध्नुहुन्थ्यो ।’

‘नेपाली काँग्रेस सिंगो पार्टीले शिक्षक आन्दोलनप्रति चिन्ता र चासो व्यक्त गर्नुभएको थियो । र, समग्रमा काँग्रेस एक ढिक्का भएर, एउटै दृष्टिकोण बनाएर विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुले उठाएको माग सम्बोधन हुनुपर्छ भनेर एकमत थियौं । तपार्इंहरुसँग गरेको सहमति र सम्झौता बमोजिम हामी शिक्षा विधेयक पारित गर्न प्रतिबद्ध छौं । तर, तिथि मिति तोकिएअनुसार असार १५ गते नै विधेयक पारित हुने अवस्था बनोस् । केही समयदेखि अवरोध भएको छ संसद । यो संसदको अवरोधका पछाडि प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलभन्दा पनि केही मानिसहरु नियोजित ढंगले राजनाीतिक पूर्वाग्रह राखेर सामान्य विषयलाई बोकेर हिँडिरहेका छन् । एउटा समान्य विषय त्यसमा अख्तियारले एउटा कर्मचारी माथि छानविन गरिरहेको छ । सोही विषयलाई उचालेर व्यक्तिगत चरित्र हत्या गर्दै विगत २ सातादेखि सदन अबरोध गरिरहेका छन् । त्यसैले शिक्षक र सरकारबीच भएको सहमतिकै आधार र मितिमा विधेयक अगाडि बढाउने र पारित गर्ने प्रतिवद्धता दोहो¥याउन चाहन्छु ।’

उहाँले अख्तियारले एउटा कर्मचारीमाथि गरिरहेको छानविनलाई लिएर सदन अवरुद्ध हुनु दुःखको कुरा भएको बताउनु भयो ।