९ असार २०८३, मंगलवार
,
Latest
आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास
तपाईं के खोज्दै हुनुहुन्छ ?

कौरा संरक्षण गर्न प्रतियोगिता



अ+ अ-

दमौली । जिल्लाको भिमाद नगरपालिका(१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको छ । पछिल्लो समय मौलिक कौरा लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तालाई यसप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको हो ।

लखन थापा मेलमिलाप युवा क्लबले कान्छीबजार मेलाका अवसरमा तनहुँसहित छिमेकी जिल्ला स्याङ्जाको सहभागितामा प्रतियोगिता सम्पन्न गरेको क्लबका पूर्वअध्यक्ष सन्तराम थापाले जानकारी दिनुभयो ।

मगरको बाहुल्यता रहेको यस क्षेत्रमा कौरा नृत्य प्रख्यात रहेकाले यसको संरक्षण र संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले क्लबले प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कौरा मगर जातिको संस्कृति हो, यसलाई लोप हुन दिनु हुँदैन भनेर संरक्षणमा जुटेका हौँ ।”

प्रतियोगितामा ऋषिङ सांस्कृतिक समूह प्रथम, नेपाल मगर सङ्घ भिमाद इकाई द्वितीय, सिरौले कौरा समूह तृतीय र चित्रे कौरा समूह चौथो भएका छन् । विजयीलाई क्रमशः रु ६० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजयीलाई पुरस्कार वितरण गर्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले युवाहरूरुले कौरा संरक्षणका लागि थालेको पहल उदाहरणीय रहेको बताउनुभयो । कौराको उत्पत्ति तनहुँको ऋषिङबाट भएको जनाउँदै उहाँले पालिकाले पनि मौलिक परम्परा र संस्कृति संरक्षण र प्रवर्द्धनमा समन्वय गर्दै आएको उल्लेख गर्नुभयो । रासस