१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निजी क्षेत्रलाई अख्तियार लाग्दैन’



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी व्यवसायीलाई अप्ठ्यारो पार्ने काम सरकारले नगर्ने बताउनुभएको छ । उहाँले सरकारको नियत उद्योगी व्यवसायीलाई अप्ठ्यारो पार्ने, हतोत्साही बनाउने, असहयोग गर्ने भन्ने नै हुँदैन, यो सरकारले सोच्न सक्ने विषयसमेत होइन भन्नुभयो । नेपाल उद्योग परिसङ्घको सत्रौँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, अहिलेका साझा समस्यालाई साझा ढङ्गले नै समाधान गर्नुपर्छ । सरकार उद्यमी व्यवसायीको साथमा छ । सरकारले निजी क्षेत्रलाई अख्तियार लगाउँदैन । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाएर निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने निष्कर्षमा सरकार नपुगेकाले त्यो प्रक्रिया स्थगित गरिएको जानकारी दिनुभयो । निजी क्षेत्रलाई नियमन गर्ने थुप्रै निकाय छँदैछन् भन्दै प्रम ओलीले स्पष्ट पार्नुभयो, अहिले अख्तियार ल्याउनु आवश्यक छैन । यसलाई सरकारले अघि बढाउँदैन ।

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्र र सरकारको छुट्टाछुट्टै तर समपूरक भूमिका निर्वाह गरेको टिप्पणी प्रधानमन्त्री ओलीको थियो । निजी क्षेत्र उत्पादन, वितरण, व्यापार, आयात, निर्यात जस्ता गतिविधि गरेर अर्थतन्त्र, राजस्वमा योगदान गर्ने र सरकारले त्यसको उचित नियमन, रेखदेख र निजी क्षेत्रको योगदानलाई सदुपयोग गरेर देश विकासको प्रयासमा लाग्ने उहाँको भनाइ थियो ।
कोरोनाले परेको घाटा तथा कठिनाइ समीक्षा गर्न निजी क्षेत्रलाई आग्रह गर्नुहुँदै प्रधामन्त्री ओलीले आफ्ना क्षेत्रगत हित मात्र नसोचेर समग्र राष्ट्रिय अर्थतन्त्रमा हित गर्नेगरी निष्कर्ष निकाल्न साधारण सभालाई आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्रका विभिन्न सङ्गठन रहे पनि समस्याका विषयमा साझा दृष्टिकोण र पहल आवश्यक हुने औंल्याउनुभयो ।
 

अर्थतन्त्र पुरानो लयमा

कार्यक्रममा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा अथतन्त्रले पुरानै लय समाउन सक्ने देखिएको औँल्याउनुभयो । उहाँले कोरोना महामारीबीच पनि वैदेशिक लगानी आकर्षक रहेको, विदेशी मुद्रा सञ्चितिमा सुधार भएको, रेमिट्यान्स आप्रवाह राम्रो रहेको भन्दै नेपालको अर्थतन्त्रले सोचेभन्दा छिटो गति समाउने देखिएको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले भन्नुभयो, आगामी आर्थिक वर्षका लागि निर्धारित सात प्रतिशतको आर्थिक वृद्धिदर समाउन समस्या छैन । यद्यपि केही क्षेत्रगत आर्थिक सूचक भने नकारात्मक हुनसक्ने छ । मुद्रास्फ्रिति पनि अहिले ६ प्रतिशतको सीमाभित्रै रहेको छ ।

उहाँले अन्तर्राष्ट्रिय व्यापार पनि ८० प्रतिशत सुचारु भइसकेको, भन्सार तथा आन्तरिक राजस्व सङ्कलन पनि ८० प्रतिशतको पुगेको बताउनुभयो । मन्त्री खतिवडाले बन्दाबन्दीलाई पनि यही असार १ देखि सहज बनाइएपछि आन्तरिक बजारले पनि पुरानो लय समाउने प्रयास गरिरहेको औँल्याउनुभयो । कार्यक्रममा नेपाल उद्योग परिसङ्घ अध्यक्ष सतिसकुमार मोरले कोभिड–१९ का कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भोगेका समस्या राख्नुभएको थियो । गोरखापत्र दैनिक