३१ भाद्र २०८३, बुधबार
,
Latest
काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी ओली आज बिहान शीतल निवास पुगेका छन् । हाल देशमा विकसित परिस्थितिका साथै समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली बिहान शितल निवास पुगेको शीतल निवास स्रोतले जनाएको छ । अहिले पनि प्रधानमन्त्री ओली शीतल निवासमै छन् । बिहान साढे १० बजेदेखि उनीहरुबीच छलफल भइरहेको छ। समसामयिक विषय कुरा गर्न यो नियमित भेटघाट भएको बताइएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक सुरू हुनु आधा घन्टाअघि प्रधानमन्त्रीओली राष्ट्रपति भण्डारीलाई भेट्न गएको समाचारमा जनाइएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी भएपछि भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको नेकपाभित्र विरोध भएको छ। नेताहरूले प्रधानमन्त्रीको भनाइबारे स्थायी समितिमा छलफल हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओली भने बालुवाटारमै भइरहेको पार्टी बैठक छलिरहेका छन्। तर प्रधानमन्त्री भने बैठकमा उपस्थित मात्र हुने गरेका छन् ।